काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँट सहमतिनजिक पुगेका छन् । प्रतिनिधिसभा प्रत्यक्षतर्फको १ सय ६५ मध्ये प्रमुख सत्तारूढ नेपाली कांग्रेसको भागमा ८५ र अन्य चार दललाई ८० सिट पर्नेगरी सहमतिको खाका तयार भएको छ । बिहीबार तयार खाकाअनुसार नेकपा माओवादी केन्द्रको भागमा ४४ सिट परेको छ ।
त्यस्तै, जसपाले १७, नेकपा एकीकृत समाजवादी १७ र जनमोर्चाले दुई सिट लिनेगरी सहमति भएको दाबी गरिएको छ । पाँच दलबीच सहमति खाका बनिसकेको छ ।
‘सहमतिको खाका बनिसकेको छ, केही क्षेत्रमा दोहोरोतेहरो दाबी भएकाले १–२ सिट तलमाथि होला, शीर्षतहबाट सहमति सार्वजनिक हुनेछ,’ सत्ता गठबन्धनले सहमतिका लागि बनाएको एक कार्यदल सदस्यले राजधानीसँग भने ।
खाकाअनुसार प्रदेश १ मा पाँचथर, इलाम २, झापा १, ३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १, २, ३ र ६, सुनसरी २, ३ र ४, ओखलढुंगा, उदयपुर १ कांग्रेसको भागमा परेको छ ।
यसैगरी, मधेस प्रदेशमा सप्तरी ३ र ४, सिरहा १ र २, धनुषा २, ३ र ४, महोत्तरी २ र ३, सर्लाही ४, बारा १, पर्सा ३ र ४ कांग्रेसको भागमा परेको छ ।
कांग्रेस ८५, चार दललाई ८०
सहमति सार्वजनिक गर्दै शीर्ष नेतृत्व
त्यस्तै, बाग्मती प्रदेशमा दोलखा वा रामेछाप १, सिन्धुली १, रसुवा, धादिङ २, काठमाडौं १, ३, ४, ५, ६, १०, भक्तपुर १ र २, ललितपुर १, काभ्रे १, सिन्धुपाल्चोक २, नुवाकोट २, मकवानपुर १, चितवन १ र २ कांग्रेसले पाएको छ ।
यसैगरी, गण्डकी प्रदेशमा गोरखा १, मनाङ, कास्की, तनहुँ १ र २, स्याङ्जा १ र २, नवलपरासी पूर्व १ र २, मुस्ताङ, म्याग्दी, पर्वत कांग्रेसले लिने सहमति बनेको छ ।
लुम्बिनी प्रदेशमा गुल्मी १, पाल्पा १, अर्घाखा“ची, रूपन्देही ३, ४ र ५, कपिलवस्तु २ र ३, बाँके ३, बर्दिया १, नवलपरासी पश्चिम २ कांग्रेसले लिनेगरी सहमति बनेको छ ।
कर्णाली प्रदेशमा मुगु, दैलेख १ र २, सुर्खेत १ र २ तथा सुदूरपश्चिम प्रदेशमा भने बाजुरा, अछाम २, कैलाली १, ४ र ५, दार्चुला, डडेल्धुरा, कञ्चनपुर २ र ३ कांग्रेसले लिनेगरी सहमति भएको छ । कांग्रेसका भागमा परेका केही निर्वाचन क्षेत्रमा अन्य दलको दाबी रहेकाले शीर्ष नेतृŒवबीच त्यस’bout पनि छलफल भइरहेको छ ।
यसैगरी, माओवादी केन्द्रको भागमा प्रदेश १ मा ताप्लेजुङ, झापा २ र ५, भोजपुर, मोरङ ४ र ५, सोलुखुम्बु, खोटाङ, उदयपुर २ परेको छ ।
त्यस्तै, मधेस प्रदेशमा सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही २ र ३ माओवादी केन्द्रले पाएको छ । बाग्मती प्रदेशमा दोलखा वा रामेछाप १ मध्ये १ माओवादीको भागमा पर्नेछ ।
सिन्धुली २, नुवाकोट १, धादिङ १, काठमाडौं २ र ९, काभ्रे १, सिन्धुपाल्चोक १ र चितवन ३ माओवादीले पाएको छ ।
यसैगरी, गण्डकी प्रदेशमा गोरखा २, लमजुङ, कास्की ३ वा १ र बाग्लुङ २ तथा लुम्बिनी प्रदेशमा रूपन्देही १, कपिलवस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १, बर्दिया २, नवलपरासी पश्चिम १ माओवादीले लिने सहमति बनेको छ ।
कर्णाली प्रदेशमा माओवादी केन्द्रले सल्यान, जुम्ला, कालिकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम तथा सुदूरपश्चिममा अछाम १, कैलाली २, कैलाली ३, बैतडी, कञ्चनपुर १ लिने सहमति बनेको छ । माओवादीले दाबी गरेका केही स्थानमा पनि शीर्षतहको छलफलबाट १–२ क्षेत्र तलमाथि हुन सक्छ ।
गठबन्धनको अर्कोघटक एकीकृत समाजवादीको भागमा इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी ४, पाल्पा २, रूपन्देही २, दाङ १, डोल्पा, दैलेख १, अछाम १, बझाङ र डोटी परेको छ । अछाम–१ मा भने माओवादीको पनि दाबी छ ।
यसैगरी, जसपाले सुनसरी १, सप्तरी १, सिराह ४, धनुषा ३, महोत्तरी ३ र ४, सर्लाही १, रौतहट ३, बारा ३, पर्सा १ र २, काठमाडौं ७, बाँके २, रूपन्देही १ र सप्तरी २ लिनेगरी सहमति भएको छ । धनुषा ३ र महोत्तरी ३ मा नेपाली कांग्रेसको पनि दाबी छ ।
त्यस्तै, रूपन्देही ३ मा माओवादी केन्द्रको दाबी छ । राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङको निर्वाचन क्षेत्र नम्बर १ र प्युठान गरी दुई क्षेत्र परेको छ ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले गठबन्धनबीच सिट बाँडफाँट टुंगो लगाउँदै खाका बनाएको हो । कार्यदलद्वारा तयार गरिएको खाका पाँच दलीय सत्ता गठबन्धनका शीर्षनेताले अन्तिम रूप दिएपछि सार्वजनिक गर्ने तयारी छ ।






