क्याट–वाकमा जल अप्सरा (फोटोफिचर)

कपिलवस्तु । खुलेको मौसम, प्रशस्त पानीले भरिएको जगदीशपुर जलाशयमा मसिनो खुट्टा, लामो पुच्छर जस्तो देखिने प्वाँख, चिरिच्याट्ट परेको जिउडाल मोडेलले क्याटवाक गरे जस्तो लचकदार हिँडाईमा कमलको पातमाथि क्याट–वाक गर्दै हिँडेका अप्सरा जस्तै देखिने अति सुन्दर चरा । तिनै सुन्दर चार (जल अप्सरा) देखेपछि जो कोहिलाई मोहित बनाउँछ ।

यति बेला जगदीशपुर जलाशयमा मानिसको चहलपहल न्यून छ । जसले गर्दा जलाशयको छेउछाउमा जल अप्सराको दृश्य देख्न सकिन्छ । मसिनो खुट्टा, लामा औँलाको सहाराले सुस्त हिँड्दै गरेका जलअप्सरा कमलको फूल भएको क्षेत्रमा देख्न सकिन्छ ।

जल अप्सरालाई ‘फुल पार्ने पोथी, ओथारो बस्ने भाले’ को नामले समेत चिनिन्छ । वन्यजन्तुमा पोथीभन्दा भाले ठूलो र सुन्दर हुने गरेकोमा जल–अप्सराका भाले र पोथीको रुपरंग उस्तै देखिन्छ भने आकारमा पोथी ठूलो हुन्छ ।

प्रजननको मौसम आएपछि भाले, पोथी दुवैको पुच्छरमा तीन–चार वटा लामा प्वाँख थपिन्छन् । पोथीले वर्षमा १० वटा जति भालेसँग संसर्ग गर्छे । एउटा भालेसँग अण्डा पार्दासम्म मात्र बस्छे र अर्को छिमल बचेराको लागि अर्कै भालेको खोजीमा लाग्छे ।

भाले चाहिं अण्डा कोरल्ने र बचेरा हुर्काउने काममा व्यस्त हुने चरा अनुसन्धानकर्ता सन्तोष बजगाईँले बताए । पानीमाथि तैरिएका पातमाथि हिंडडुल गर्न रुचाउने चरा समूह ‘ज्याकाना’ का दुई प्रजाति नेपालमा पाइन्छन् । यो समूहको विरलै पाइने एक प्रजाति ‘पिजन्ट टेल्ड ज्याकाना’ हो ।

बिक्रम ग्रेवाल तथा अरुहरु लिखित ‘अ फोटोग्राफिक फिल्ड गाइड टु द बर्डस् अफ नेपाल’ (सन् २०१७) शीर्षक पुस्तकमा यसका तीनवटा फरक रुपमा तस्वीर छन् । नेपालका चरा सम्बन्धी केही पुस्तकमा यसको नाम जल–अप्सरा लेखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 578 times, 1 visits today)

epaper

ताजा समाचार

कप्तानगन्ज घटनाः सीडीओ र सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो