शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान ७ बजेर ९ मिनेट जाँदा निधन भएको किष्ट अस्पतालका कार्यकारी निर्देशक अमिश पाठकले पुष्टि गरे ।

तीन हप्ता बढी अस्पतालमा भर्ना भएका १०३ वर्षीय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो ।

लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो । पछिल्लो समय उहाँलाई छातीमा निमोनियाको संक्रमण र पिसाबमा संक्रमण देखिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम