सरकारको निर्देशन अवज्ञा गर्दे चिचिलाका विद्यालयमा अझै परीक्षा सञ्चालन

संखुवासभा । कोरोना भाइरस कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दे सरकारले देशभरका विद्यालयहरुलाई चैत्र ५ गते भित्र परिक्षा सक्न निर्देशन दिएको थियो । तर सङ्खुवासभाको चिचिला गाउँपालिकाले अवज्ञा गर्दे विद्यालयको परिक्षा सञ्चालन गरिएको छ । संक्रमणबाट बच्न शैक्षिक संस्थाहरु बन्द गर्ने सरकारको निर्णय गाउँपालिकाले वेवास्था गरेको छ ।

चिचिला गाउँपालिकामा चैत्र–२ गते बाट १ देखि ९ कक्षासम्मको परिक्षा सञ्चालन गरिएको छ । सरकारले कोरोना भाइरस संक्रमणबाट वच्न अहिले देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने गरिसकेको छ । चिचिला गाउँपालिकालाई चैत्र –५ गते भित्र विद्यालयको परिक्षा सक्ने जिल्ला शिक्षा तथा समन्वय इकाईले पत्रचार समेत गरेको थियो ।

गाउँपालिकाले सरकारको निर्णय वेवास्था गर्दे परिक्षा सञ्चालन गरिरहेको जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख केशव भट्टराईले जानकारी दिए । उनले भने, ‘हामीले १० वटै स्थानिय तहलाई समन्वय गरेर परिक्षा सञ्चालन गर्न भनेका थियौँ, तर चिचिलाले वेवास्था गर्दे परिक्षा सञ्चालन गरिरहेको छन् ।’

गाउँपालिकाले तयारी नपुगेको भन्दै चैत्र २ गते बाट मात्र परिक्षा सञ्चालन गरेको जनाएको छ । चिचिला गाउँपालिका भित्रका २० विद्यालयमा अहिले परिक्षा सञ्चालन भइरहेको गाउँपालिका शिक्षा शाखा अधिकृत बासु कोइरालाले जानकारी दिए । गाउँपालिकाले दैनिक २ विषयका दरले परिक्षा सञ्चालन गराई रहेको पाईएको छ । जिल्लाका अन्य स्थानिय तहमा चैत्र ५ गते नै सकिसकेको छ ।

चिचिलामा माध्यमिक तह चार वटा र आधारभुत तह १६ वटा रहेका छन् । २० वटा विद्यालय मध्ये आधारभुत तह (१–५) विहिवार नै सकिने र बाँकीको ९ गतेसम्म सकिने शिक्षा शाखा प्रमुख कोइरालाले बताए । सरकारको निर्णय ढिलो भएको र प्रश्नपत्र तयारी नभएका कारण ५ गतेसम्ममा गर्न नसकिएको चिचिला गाउँपालिका अध्यक्ष पाशाङ नुर्वु शेर्पाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 565 times, 1 visits today)

epaper

ताजा समाचार

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा