आधादर्जन भन्दा बढी मदिरा भट्टी प्रहरीद्वारा नष्ट


सप्तरी । अपराधिक घटना न्युनिकरण गर्न विभिन्न कार्यक्रम संचालन गरेको प्रहरीले घरेलु मदिरा उत्पादन, विक्री र वितरणमा समेत कडाई गरेको छ । यसै क्रममा शुक्रबार प्रहरीले पुर्व पश्चिम राजमार्गमा गर्ने रुपनी गाउँपालिकाको विभिन्न स्थानका ७ वटा भट्टी नष्ट गरेको छ ।


प्रहरी उपरीक्षक कृष्ण प्रसाईका अनुसार भट्टी नष्ट गर्ने क्रममा सो गाउँपालिकाको वडा ३ र ६ मा विभिन्न पसल र घरबाट ४ सय लिटर कच्चा पदार्थ र १ सय १५ लिटर तयारी मदिरा बरामद गरी स्थानीय भद्रभलादमीको रोहबरमा नष्ट गरिएको छ ।


प्रहरीले घरेलु मदिरा बनाउने उपकरण र भाँडा कुडा समेत नियन्त्रणमा लिई नष्ट गरेको छ । यस अघि प्रहरीले राजविराज कारागार आसपासका घर र पसलबाट ठुलो परिमाणमा कच्चा पदार्थ, तयारी मदिरा र भाँडाकुडा नियन्त्रणमा लिई नष्ट गरेको थियो ।


घरेलु मदिराका कारण घरेलु हिंसा, लुटपाट, सवारी दुर्घटना, चोरी, झैझगडा, समाजिक–परिवारिक कलह लगायतका अपराधजन्य घटना बढने भएकाले घरेलु मदिरा नियन्त्रण अभियानकै रुपमा अघि बढाईएको प्रहरी उपरीक्षक प्रसाईको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 255 times, 1 visits today)

epaper

ताजा समाचार

ग्यासको अभाव छैन, तर अनावश्यक भण्डारण नगर्नु : नेपाल आयल निगम