एनओसीको डक्टर ‘समूह’


काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै खेलाडीहरुको स्वास्थ्यको लागि डाक्टरको समूह (प्यानल) गठन गरेको छ । डाक्टर प्यानलमा नेपाल ओलम्पिक कमिटिका प्रमुख चिकित्सक डाक्टर सरोजकृष्ण श्रेष्ठ, पाटन अस्पतालका प्रोफेसर डक्टर नविस मान सिंह प्रधान, राखेपबाट डाक्टर राजु डंगोल, डाक्टर हेमन्त चन्द र नेपाल पुलिसको तर्फबाट पुनम पाठक रहेका छन् ।


नेपाल ओलम्पिक कमिटिले सातदोबाटोस्थित ओलम्पिक भवनमा एकदिने सचेतनात्मक कार्यक्रमको आयोजना गर्र्द खेलाडीहरुको सहजताका लागि डाक्टर प्यानल गठन गरिएको र यसबाट खेलाडीहरुले लाभ लिने सक्ने एनओसीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बताएका छन् । यसबाट खेलाडीहरु डोपिङबाट पनि बच्न सक्ने र यो डाक्टरके प्यानलले खेलाडीहरुमा कुनै समस्या आएमा उनीहरुलाई सहयोग गर्न हर समय उपलब्ध हुने अध्यक्ष श्रेष्ठले बताएका छन् । कार्यक्रममा अनुभवी डक्टर इपिडिमियोलोजी तथा रोग नियन्त्रण डिभिजनका पुर्व निर्देशक तथा नेपाल स्वास्थ्य सेवा विभाग अन्तरगतका डाक्टर बाबुराम मरासिनीहरुले कोरोना भाइरस र रोकथामको उपायहरुको ’boutमा व्याख्या गरेका थिए । एक दिने सचेनात्मक कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य र महासचिव निलेन्द्रराज श्रेष्ठसँगै टोकियो ओलम्पिकलाई वाइल्ड कार्डको लागि प्रयास गरिरहेको २२ जनाको उपस्थिति रहेको थियो ।


नेपाल ओलम्पिक कमिटिले यसपटका टोकियो ओलम्पिकमा विभिन्न खेलमा १५ खेलाडीलाई वाइल्ड कार्ड र र ७ पदाधिकारी पठाउने तयारी गरेको छ । पौडीबाट दुई र म्याराथनबाट १ खेलाडीले सहभागिता जनाउने पक्का भइसक्दा कराँते, आर्चरी, सुटिङ, बक्सिङ, तेक्वान्दो, भारोत्तोलन र जुडोबाट खेलाडीको नाम वाइल्ड कार्डको लागि पठाइसकेको छ ।
टोकियो ओलम्पिक जापानमा २४ जुलाईदेखि ९ अगस्टसम्म आयोजना हुने तय छ । टोकियो ओलम्पिकमा ३३ खेल समावेश गर्ने तय भइसकेको छ । जसका लागि २०६ देशका ११ हजार ९१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 338 times, 1 visits today)

epaper

ताजा समाचार

अमिर खानको तेस्रो बिबाह आज, छाेराछाेरी पनि सहभागी हुँदै