प्रधानमन्त्री देउवा सातौं पटक निर्वाचित, सागरले कति पाए मत ?

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । देउवा लगातार सातौं पटक डडेलधुराबाट सांसदमा निर्वाचित भएका हुन् । 

देउवाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाए  । बीपी कांग्रेसका कर्ण मल्लले ७ हजार ५३५ मत पाए ।

भीम रावलको गृह जिल्लामा एकीकृत समाजवादीले खाता खोल्यो
एमाले नेता भीम रावलको गृहजिल्लामा एकीकृत समाजवादीले खाता खोलेको छ । रावलको गृहनिर्वाचन क्षेत्र अछाम-१ मा श्रममन्त्रीसमेत रहेका एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कुँवर १९ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका झपट बोहराले १५ हजार ४५ मत ल्याएका छन् । 

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

मुख्यसचिवसहित सचिवहरूसँग प्रधानमन्त्रीले गरे आपतकालीन छलफल