जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले बिजयी

जुम्ला । एकमात्र निर्वाचन क्षेत्र भएको जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही फराकिलो मतले बिजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २२८१९ मत ल्याएर बिजयी भएको जानकारी दिएको छ । सत्ता गठवन्धनका उम्मेदवार गोमा गौतम कुँवरलाई १०,८६० मतान्तरले पराजित गर्दै ज्ञानबहादुर शाही बिजय भएका हुन् ।

शाहीका प्रतिद्धन्द्धी सत्ता गठवन्धका उम्मेदवार नेकपा माओवादीका गोमा गौतम कुँवरले ११,९५९ मत प्राप्त गरेका थिए । बिजय भएपछि ज्ञानेन्द्रले भने, ‘मेरो मत ५९० मत थियो तर जुम्ली जनताले माया गरेका छन् । अव मैले राष्ट्रको नेतृत्व गर्ने हो ।’

जुम्लामा ४५ हजार २ सय ८४ मत खसेको थियो । जसमा राप्रपाका शाहीलाई २२८१९मत प्राप्त भएको हो । यद्यपी जुम्लामा ज्ञानेन्द्र शाहीले प्रचार शैली राप्रपा पार्टीको नामै नलिएर व्यक्ति र हलो चिन्हको प्रचार मात्रै गरेका थिए ।

हामी नेपाली नेपालीको अभियानमा भ्रष्ट्रचार विरुद्धको अभियान शुरु गरेका ज्ञानेन्द्र शाहीले पछिल्लो समय राप्रपामा प्रवेश गरेर प्रवक्ता हुदै पत्रकार सम्मेलन गरेर जुम्लाबाट निर्वाचन लड्ने घोषणा गरेका थिए ।


जुम्लाको संसदीय निर्वाचनको ईतिहासमा २०४८ सालमा नेपाल मजदुर किसान पार्टीबाट डिल्लीबहादुर महत, २०५१ सालमा नेमकिपाबाटै भक्तबहादुर रोकाया, वि.सं २०५६ सालमा नेकपा एमालेका देविलाल थापा, वि.सं २०६४ सालमा नेकपा माओवादीका नरेश भण्डारी, २०७० सालमा नेपाली कांग्रेसका ललितजंग शाही, २०७४ सालमा नेकपा माओवादीका गजेन्द्रबहादुर महतले बिजय हासिल गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 355 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीमा परेर ज्यान गुमाउनेको संख्या ३ सय ५९ पुग्यो