कास्की-३ बाट एमालेका बैरागी निर्वाचित

पोखरा । कास्की क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर पौडेल वैरागी निर्वाचित भएका छन् । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका रामजीप्रसाद बराल जीवनलाई ५ हजार ४ सय ४५ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् ।

निर्वाचित बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गरे । बरालको पक्षमा १७ हजार ५ सय ३५ मत परेको छ । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १ सय ८० मत पाए । कास्की ३(१) मा एमालेका गणेशमान गुरुङ र कास्की ३(२) मा कांग्रेसका प्रकाश बराल निर्वाचित भइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 316 times, 1 visits today)

epaper

ताजा समाचार

चिनियाँ प्रधानमन्त्री ली छियाङ तिब्बतको सीमावर्ती क्षेत्र केरुङ आइपुगे