एक जनालाई क्वारेन्टाइनमा राखियो


जिल्लाको प्रबेश नाकामा कडाई

सदरमुकाम बेसीशहर सुनसान

लमजुङ । कोरोना भाइरसका कारण जिल्लाको प्रवेश नाकामा हेल्थ डेक्स राखेर यात्रु्को चेकजाँचमा कडाई गरिएको छ । चेकजाँचका क्रममा दुवईबाट आएका एकजनामा उच्च ज्वरो देखिएकोले क्वारेन्टाइनमा राखिएको छ ।
सुन्दरबजार नगरपालिकाले जिल्लाको प्रवेश नाका रहेको पाउँदी बजारमा हेल्थ डेक्स राखेर यात्रुहरुको चेक जाँच शुक्रबार १२ बजेदेखि शुरु गरेको हो ।

शुक्रबार २ हजार २ सय ८९ जनालाई जाँच गरिएकोमा १६ जनालाई ज्वरो आएको र त्योमध्ये एक जना दुवईबाट आएका हुँदा उनलाई तत्कालै जिल्ला अस्पतालमा थप उपचारका लागि पठाएको सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुर जी तिवारीले बताए । उनका अनुसार शुक्रबार रातभर उहाँलाई ज्वरो देखिएन । उनले भने, ‘उहाँको डेरा सुन्दरबजारमै रहेछ, त्यसैले शनिबार बिहानदेखि उहाँ हाम्रो पूर्ण निगरानी र होम क्वारेन्टाइनमा हुनुहुन्छ ।’


पाउँदी बजारमा रहेको हेल्थ डेक्स विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि ७ बजेसम्म २ जना स्वास्थ्यकर्मीका साथमा २ जना कार्यालय सहयोगी रहेको तिवारीले बताए । उनका अनुसार शनिबार पाँच बजेसम्म २ हजार ५ सय १७ जनाको हेल्थ चेक गरिएकोमध्ये १३ जनामा ज्वरो देखिएको थियो । उहाँहरु छिमेक जिल्लाबाट नै आएको हुँदा परामर्श दिएर छाडिएको छ ।


हेल्ड डेक्स राख्नका लागि फागुन २९ गते बसेसको नगरकार्यपालिका बैठकले यो स्थापन जिल्लाको प्रवेश नाका संवेदशील छ भन्ने ठानेर निर्णय गरेको हुँदा खर्च नगरपालिकाले बेहोर गरेको सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले बताए । उनले भने, ‘तर हामीले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर प्रमुख जिल्ला अधिकारीको सल्लाह अनुसार नै कार्य सञ्चालन गरेको छौं, एम्बुलेन्स सेवाको बन्दोबस्त जिल्ला प्रशासन कार्यालयबाट भएको छ ।’
उता, मध्य नेपाल नगरपालिकाले पनि तनहूको नाका दुइपिप्ले र कास्कीतर्फको नाका रामबजारमा हेल्ड डेक्स राखेर यात्रुको चेक जाच गर्ने काम बिहीबारदेखि नै शुरु गरेको सो नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले बताए । उनले भने ‘ऐलेसम्म करिब ६ हजार मानिसमा चेक जाँच गरिएको छ । तर क्वारेन्टाइनमा राख्नु पर्ने एक जना पनि फेला परेका छैनन् ।’


कोरोनाकै हल्लाको कारणले गर्दा शनिबार जिल्ला सदरमुकाम बेसीशहर बजार सुनसान रह्यो । कोरोना भाइरसका कारणले गर्दा स्कूल र कलेज बन्द भएपछि बजारमा देखिने चहलपहल पनि एकाएक ठप्प भएको छ । जिल्लाबासीमा एक खालको त्रास छाएको छ । स्थानीय तहले आआफ्नो पायक तथा छिमेकी जिल्लाबाट आउने नाकामा कडाई गरी हेल्थ डेक्स सेवा सञ्चालन गरेका छन् ।



बेसीशहरको सुनसान बजार ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम