शीतलहरबाट जोगाउन कपिलवस्तुमा यस्तो छ पूर्वतयारी

कपिलवस्तु । चिसो तथा शीतलहरबाट हुनसक्ने सम्भावित विपद्बाट जोगाउन कपिलवस्तुमा पूर्वतयारी थालिएको छ । चिसो मौसम सुरु भएपछि बिहिवार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्ला संरक्षण विषयगत समितिको बैठक बसी एकिकृत तयारी गर्ने योजना बनाएको छ ।

चिसो मौसमसँगै शीतलहरका कारण विशेषगरी विपन्न, गर्भवती , बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुने भएकाले लक्षित वर्गलाई पहिचान गरी आवश्यक सहयोग तथा राहत हुने खालका क्रियाकलाप गरिने बताए ।

बैठकको सहजिकरण गर्दै सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक पोम नारायण पौडेलले जाडोमा महिला, बालबालिका तथा बृद्धहरुमा असर गर्न सक्ने हुँदा अति जोखिममा रहेका समुदायको संरक्षण गरिने बताए । बैठकले पत्रकार महासंघले जाडो बच्ने सुरक्षाको लागि सचेतना गर्ने, जिल्ला समन्वय समितिले पालिकाहरु सँग समन्वय गर्ने, प्रहरी र प्रशासन कार्यालयले लक्षित समुदाय सम्म एक द्वार प्रणालीबाट राहत पुराउने योजना बनेको समितिका सदस्या त्रिलोचन ज्ञवालीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

epaper

ताजा समाचार

यी प्रदेशका केही स्थानमा आज भारी वर्षाको पूर्वानुमान