कांग्रेस पूर्वसभापति देउवा २३ साउनमा फर्किने

काठमाडौं । उपचारको क्रममा सिंगापुरमा रहेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २३ गते नेपाल फर्किने तयारीमा रहेको बुझिएको छ । देउवा पत्नी डा. आरजु पनि साथै फर्किने तयारी छ । नियमित सम्पर्कमा रहेका नेपाली जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङका अनुसार कुनै तिलस्मी घटना भएन भने देउवा दम्पती साउन २३ गते नेपाल फर्किनु हुनेछ ।

सम्पति शुद्धीकरण विभागले उपस्थित हुन पत्र काटेका बेला त्यसको जवाफ फर्काउदै देउवाले साउन २८ भित्र नेपाल आउने जानकारी गराएका थिए । सुरक्षा र राजनीतिक परिस्थितिले गर्दा उनी एकसाता अघि नै नेपाल फर्किन लागेको बुझिएको छ ।

पूर्वसभापति देउवा २३ गते फर्किने सूचना पाएपछि कांग्रेसले २४ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । साउन २९ देखि ३१ गतेसम्म कांग्रेस संस्थापनइतरले काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको छ । उक्त भेलामा देउवा उपस्थित हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

स्वास्थ्य उपचारका लागि देउवा दम्पती फागुन १३ गते राती सिंगापुर प्रस्थान गरेका थिए । उनी सिंगापुर जाँदा कांग्रेस विवाद उत्कर्षमा थियो । अहिले विभाजन उन्मुख छ ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

epaper

ताजा समाचार

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’