खुकुरी प्रहार गरी फरार रहेका लामा र गुरुङ पक्राउ

सांकेतिक तस्वीर

तनहुँ । जिल्लास्थित शुक्ला गण्डकी नगरपालिकाका दुई युवालाई जिल्ला प्रहरी कार्यालय तनहुँको बेलचौताराले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका-४ बस्ने रविलामा र सोही नगरपालिका-१२ का भक्तबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले जानकारी दिए ।

उनका अनुसार होलीको दिनमा शुक्लागण्डकी नगरपालिका अन्तरगतक‍ो दुलेगौंडाको युनिक चोकमा शुक्लागण्डकी-४ दुलेगौंडाका सुमित श्रेष्ठलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर उनीहरू फरार भएका थिए ।

घटनामा संलग्न ३ जना आरोपी लामा र गुरुङ जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेका छन् भने अर्का आरोपी सुक्मित राना फरार रहेको तनहुँ प्रहरी प्रमुख सिलवालले बताए । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका श्रेष्ठ पोखरास्थित फेवा सिटी अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम