कोरोनाको त्रास : बागलुङका सार्वजनिक सेवा बन्द

बागलुङ । सम्भावित कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङले नियमित सेवा प्रवाह बन्द गरेको छ । आइतबार कार्यालयले सुचना प्रकाशित गर्दै प्रशासन कार्यालयवाट प्रवाह हुँदै आएका दैनिक सेवालाई १३ दिनसम्म बन्द गर्ने बताएको हो ।

प्रशासकिय अधिकृत धिरेन्द्रराज पन्तले सार्वजनिक सुचना जारी गर्दै चैत ९ देखि आगामी २१ गतेसम्म सेवा रोक्न नेपाल सरकारको निर्देशन भएकाले प्रशासनवाट प्रवाह हुदै आएका सेवा सुविधा पनि रोकिएको बताइएको छ । कार्यालयबाट प्रवाह हँुदै आएका नागरिकता, राहदानी, बिभिन्न सिफारिस, संघसंस्था दर्ता तथा नविकरण, हातहतियार दर्ता, नविकरण लगायतका सेवा बन्द गराइएको प्रशासकिय अधिकृत पन्तले जानकारी दिए ।

सुचनामा जिल्लाको शान्ति सुरक्षा, बिपद व्यवस्थापनका लागि सम्वन्धित कार्यालय र कार्यालयका प्रमुखहरुलाई सम्पर्क गर्न आग्रह गरिएको छ । यसैबीच, याताया व्यवस्था कार्यालय बागलुङले पनि सवारी लाईसेन्स र सवारी सम्बन्धी सेवा चैत्र २१ गतेसम्मको लागि स्थगन गरेको छ । कार्यालय प्रमुख पारसिंङ्ग थापा मगर सूचना जारी गर्दै कोरोना संक्रमण त्रास कम हुँदै गए पछि सेवा पुनः संचालन हुने बताएकाे छ ।

त्यस्तै, धौलागिरी गण्डकी यातायात प्रा. लि. बागलुङले सरकारी घोषण अनुसार सोमबारदेखि बागलुङबाट छुट्ने लामो दुरीका सम्पूर्ण बस सेवा अनिश्चितकालको लागि बन्द गर्ने जनाएको छ । प्रालिका अध्यक्ष उमेश केसी र प्रबन्ध निर्देशक जोशीले सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमणबाट बच्न र रोग फैलिन नदिनको लागि उच्च सर्तकता अपनाउने सेवा बन्द गरेको उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 460 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम