पोखरा । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।
पोखराबाट दाङतर्फ जाँदै गरेको ना५ख ४२९४ नम्बरको बस आँबुखैरेनी नगरपालिका–२ ऐनापहरामा आइतबार साँझ ६ बजेर १० मिनेट जाँदा दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल मस्र्याङ्दी नदीकिनारमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न नसकेको र घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचारार्थ पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । पानी परिरहेको हुँदा उद्धारमा समेत कठिनाइ भएको प्रहरीले जनायो ।
तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)






