बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित

काठमाडाैं । बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छिन् । आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।

आजको प्रदेशसभामा एक सय १० सदस्य रहेकोमा एक सय आठजना सदस्य बैठकमा उपस्थित भएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । बैठकमा उपस्थित मध्ये ६१ ले प्रस्तावको पक्षमा मत खसाले । विपक्षमा ३९ र दिन्न भन्ने पक्षमा सात मत प-यो । चापागाईंको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 356 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम