किर्तिपुर अस्पताल भन्यो, ‘सांसद भण्डारीको यहाँ उपचार सम्भव देखिएन’

काठमाडौं । हिजो राती ग्याँस सिलिन्डर लिक भएर गम्भिर घाइते भएका सांसद चन्द्र भण्डारीलाई किर्तिपुर अस्पतालले देशबाहिर सुबिधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र लैजान सिफारिस गरेको छ ।

हिजो राती  ग्याँस लिक भएपछि घाइते भएका सांसद भण्डारीलाई बानेश्वरस्थित सिभिल मल हुदैँ किर्तिपुर अस्पताल लगिएको थियो । अस्पतालका अनुसार सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको छ भने उनका आमा ७० प्रति भाग जलन भएको छ ।

‘माननीयज्यूको अनुहार, हात तथा दुबै गोडामा गरी २५–३० प्रतिशत र आमाको जीउको अधिकांस भागमा गरी ७० प्रतिशत जलन भएको तथा दुवै जनाको स्वाशनलीमा तातो हाँवा र धुवाँको कारणले जलन भएको हुन सक्ने अत्याधिक सम्भावना देखिन्छ’ अस्पतालका जलन बिभागका प्रमुख किरण नकर्मीले जानकारी दिए । 

सो अस्पातालको मेडिकल डाइरेक्टर निजिमा ताम्राकारका अनुसार नेपालमा उहाँहरुको उपचार सम्भव नभएकाले बिदेशमा उपचार गराउन सबन्धित परिवारलाई सुझाव दिईएको छ। परिवारजनका अनुसार उनलाई भारत लैजाने तयारी भईरहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 621 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना