धर्मको नाममा भ्रम फैलाउने पक्राउ

पाेखरा । कोरोना भाइरसको सम्भाब्य जोखिमलाई दृष्टिगत गरी सरकारले लकडाउन गरिरहेका अवस्थामा पोखरामा धर्मको नाममा अफवाह फैलाइरहेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुम्ला स्थायी घर भई पोखरा महानगरपालिका वडा नं. ३२ खुदी सुकुम्बासी टोल बस्ने प्रशान्त कटनी मण्डली पोखरा–२९ पावरहाउसको पास्टर ३२ वर्षीय केशब आचार्यले मानिस जम्मा गरी धर्मको नाममा अफवाह फैलाएका कारण पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ राजकुमार केसीले जानकारी दिए ।

कोरोना भाइरसबाट उत्पन्न विपद्को लाभ लिई भ्रमपूर्ण अभिव्यक्तिको भिडियो बनाई युट्युव तथा सामाजिक सञ्जालमा राखेको र शेयर गरी धर्म प्रचारप्रसार गरेका कारण निजकै घरबाट पक्राउ गरी कानुनी कारवाही अगाडि बढाइएको केसीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम