डीआईजी सिंहले दिए राजीनामा

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहले बुधवार प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसमक्ष राजीनामा बुझाएका हुन् । डीआईजी सिंहले प्रहरी प्रधान कार्यालयमा पुगेर राजीनामा बुझाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

उनको नागरिकताको जन्म मितिमा विवाद भएपछि राजीनामा बुझाएका हुन् । राजीनामा स्वीकृतिको लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाउने तयारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीबाट जारी नागरिकता र प्रहरी सेवाका क्रममा बुझाइएको नागरिकतामा मिति फरक फरक पाइएपछि सिंह विवादमा तानिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 337 times, 1 visits today)

epaper

ताजा समाचार

अमिर खानको तेस्रो बिबाह आज, छाेराछाेरी पनि सहभागी हुँदै