पश्चिम दाङमा नागरिकको अटेरी, पाँचसय सवारी साधनको चाबी नियन्त्रणमा



तुलसीपुर । नागरिकको अटेरीका कारण तुलसीपुर सहित पश्चिम दाङमा लकडाउनको निर्णय कार्यान्वयनमा चुनौति थपिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले मंगलबार बिहान ६ बजे देखि चैत्र १८ गते बिहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

यद्यपी सहरबजार र गाउँमा घर निर्माणका काम रोकिएको छैन । लकडाउनको वेवास्ता गर्दै नागरिक एक ठाउँबाट अर्को ठाउँ जाने क्रम पनि रोकिएको छैन । भीड पातलिए पनि सर्वसाधारण घरबाट बाहिर आउन छाडेका छैनन् । फाटफुट पसलहरु पनि सञ्चालनमै छन् ।

मुख्य सडकदेखि अन्य बजार क्षेत्र भएर मान्छेहरु आवत–जावतहरु गरिरहेका छन् । ‘लकडाउनको उलंघन गर्दै सचेत भनिएका मान्छेहरु पनि अबुझ जस्तै गरेर हिडिरहेको बताउदै दाङ भ्याली माध्यामिक विद्यालय तुलसीपुरका साहयक प्रधानाध्यापक केशर सिं बुढाथोकीले पूर्णरुपमा बन्द नगरिए लकडाउनको कुनै अर्थ नहुने बताए । ‘हामीहरु आफु पनि सचेत हुनुप-यो । अरुलाई पनि सचेत गराउनु प-यो,’ साहयक प्रधानाध्यापक बोढाथोकीले भन्ने ‘बुझेर पनि नबुझे झै गर्नेलाई कारबाही हुर्नुप-यो ।’

पाँच सय सवारीसाधनको चावी प्रहरीको नियन्त्रणमा

इलाका प्रहरी कार्यालय तुलसीपुरले लकडाउनको नियम उलंघन गरेर सडकमा दौडिने करिब ५ सय सवारीसाधनको चावि नियन्त्रणमा लिएको छ । तुलसीपुर बजार र त्यसको आसपासबाट मोटरसाईकल, अटो, जिप सहति पाँच सय बढि सवारी साधनको चावी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले वजानकारी दिए ।

सडकमा हिड्ने नागकिरलाई सम्झाई बुझाई गरेर पठाए पनि सवारीसाधनको भने चावी नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शर्माले बताए । सरकारले गरेको लकडाउनको निर्णयलाई कार्यान्वन गराउन तुलसीपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । तुलसीपुर बजारका विभिन्न चोक चोकमा प्रहरी परिचालन गरिएको छ भने तीन वटा गाडीले गस्ती गरिहेको प्रहरीले बताएको छ । त्यसैगरी पश्चिम क्षेत्रमा रहेका अस्थाई प्रहरी पोष्ट र युनिटहरुमा पनि एक जना बसेर सबैलाई बाहिर परिचालन गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

नेपाली सेना तयारी अवस्थामा

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि आफु पनि तयारी अवस्थामा बसेको नेपाली सेनाले जनाएको छ । आइसुलेसन वार्डदेखि उपचारका लागि प्यारामेडिकलाई तयारी अवस्थामा रोखेको रिपुमर्दन गण घोराहीका गणपति तथा प्रमुख सेनानी सुमन थापाले जानकारी दिए । ‘सेनाकोको एटा टोलिलाई मोबाईल गस्तीमा खटाएका छौ ,’ गणपति थापाले भन्नुभयो– सेनाले नागरिकलाई बाटोमा देखेमा घरबाहिर नआउनुस भनेर सम्झाई बुझाई गरेर पठाउने छ ।’

राज्यको लागि भन्दा पनि नागरिकहले आफनै लागि हो भनेर स्वतस्फूर्त रुपमा घरमा बसेमा लकडाउनले दाङमा सार्थकता पाउने र नागरिक पनि सुरक्षीत हुने गणपति थापाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

epaper

ताजा समाचार

केपिलासगढीमा प्रभाकारी बन्दै ‘बुहारी शिक्षा’ कार्यक्रम