सबैभन्दा पहिले सरकारले अति आवश्यक दैनिक उपभोग्य वस्तु, खाद्यवस्तु र पेट्रोलियम पदार्थको बजार भाउ आकाशिदो मूल्यबृद्धि अविलम्ब घटाउनुपर्छ । आम जनताको दैनिक आवश्यकताको लागत यथाशीघ्र कम गर्नुपर्छ । महत्वपूर्ण सरकारी कार्यालयहरु यातायात, भूमिसुधार, मालपोत, अदालत , प्रहरी प्रसाशन, सडक बिभाग कर, नापी, आदि सार्बजनिक, सेवा, सुविधा र कानुनी प्रक्रिया चुस्त, छिटो र भ्रष्टाचारमुक्त हुनुपर्छ । बिचौलिया प्रवृत्ति र ढिलासुस्तीको अन्त्य नगरी हुँदै हुँदैन । यी निकायहरुमा कानुन नीति र नियम नैतिक र कानुनी प्रक्रियाको सहि पालना हुनुपर्छ । झन्झटिलो र बढी समय लाग्ने, घन्टौ लाममा बस्नु पर्ने परिपाटीको अन्त्य ढिला भैसक्यो । समयको बचत संगै कम खर्चमामा जनताको काम गर्ने परिपाटी विकास गर्नुपर्छ ।
सवारी चालक अनुपतिपत्र जस्ता महत्वपुर्ण कागजात दक्ष्य र योग्यह ले ब्यबहारिक ज्ञान परीक्षा प्रणाली सहज, सुलभ र छिटो र कम खर्चमा परिचय पाउने व्यवस्था हुनुपर्छ । कालो बजारी, अखाध्य वस्तु, गुणस्तरहिन अत्यावश्यक औषधि महँगीमा बेच्ने व्यापारी व्यवसायीलाई कडा कारवाही सजाय, जरिवाना गर्दै त्यस्ता व्यापारमा संलग्नलाई कार्वाही गर्न ढिला भैसक्यो ।
यहाँ देश छ, जनता छ, समाज, संविधान, जन निर्वाचित संसद सरकार, पार्टी , प्रजातन्त्र छ तर भएर पनि केही नभाको जस्तो सधै किन ? जनता प्रश्न गर्छन — के यहाँ राज्य छ ? के यहाँ संसद सरकार छ ? छ भने किन यहाँ यति धेरै बेथिति र भ्रष्टाचार ? शिष्टममा देश नेता जनता सरकार सबै चल्नुपर्छ । नीति र थीति सबैले बसाल्नुपर्छ । कानूनको शासन, शान्तिसुरक्षा आवश्यक सेवा सविधा, कम खर्चमा पाइने शिष्टम र थीति अब बसाउनु पर्छ । शिष्टममा चल्यो भने समाज राम्रो संग चल्छ । स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ ’cause यी दुई राम्ररी निर्माण गर्न सके देशको विकास र समृद्धि हुन सक्छ । यिनीहरू लोकतान्त्रिक समृद्धिका स्तम्भ र मेरुदण्ड हुन् । ती सबै नागरिकका लागि सर्वसुलभ र सहुलियत हुनुपर्छ, सरकारले यी क्षेत्रहरूलाई नियमन र व्यवस्थापन गर्न कडा नियम र नीति बनाउनुपर्छ ।
त्रिवि र यससँग सम्बद्ध कलेजहरू र सरकारी विद्यालयहरूको शुल्क एकदमै न्यून हुनुपर्छ, बढी व्यावहारिक, प्राविधिक, व्यावसायिक र वैज्ञानिक शिक्षामा ध्यान दिनुपर्छ । कलेज तहका विद्यार्थीहरूलाई आत्मनिर्भर, र आयआर्जन गर्ने पाठ्यक्रमहरू सिकाउनुका साथै सैद्धान्तिक नैतिक पाठ्यक्रमहरूमा, पेशा र व्यावसायिक कक्षाहरू पनि उपलब्ध गराउनुपर्छ । अस्पतालहरू पनि कम लागत सुरक्षा, सरसफाई, समय र प्रभावकारी सेवा प्रदान गर्न आवश्यक छ । सरकारी विद्यालय, विश्वविद्यालयमा शान्तिपूर्वक र सहज अध्ययन गर्ने गरी प्राविधिक दक्ष, सीप र स्वरोजगारमूलक शिक्षामा जोड दिनुपर्छ । दक्ष जनशक्ति डाक्टर, इन्जिनियरहरू पनि बढी उत्पादन गर्नुपर्छ । प्राविधिक, रोजगारमूलक व्यापार व्यवसायी र उद्योग गर्न सक्ने संस्था धेरै खोल्नुपर्छ ।
आर्थिक रूपमा निम्न वर्ग र ज्येष्ठ नागरिकहरूको स्वास्थ्य जाँच औषधि र चिकित्सक आदि र उपचार कम खर्चमा उपलब्ध हुनुपर्छ । गुणस्तरीय शिक्षा र स्वास्थलाई बढी ध्यानदिनु पर्छ । निजी अस्पताल तथा शैक्षिक संस्थामा र चर्को शुल्क लिने काम बन्द गरिनुपर्छ । ’emलाई कडाईका साथ नियमन र नियन्त्रण गरि सबै निजी संस्थाहरुमा भ्रष्टाचार र चर्को शुल्क लिनेलाई सरकारले कडा कानुनी कारबाही गर्नुपर्छ । सदाचार, नैतिकता र कानुनी शासनलाई बढी महत्व दिनुपर्छ । पहुच र पैसा बाला को मात्र होइन सबै आर्थिक अवस्था कम्जोर भएका हरुको पनि काम हुने र अवसर पाउनु पर्छ ।
लोक सेवा आयोगको पनि पुन संरचना सरकारी सेवामा बढी भन्दा बढी शिक्षित र क्षमतावान व्यक्ति कर्मचारी छनोट गर्नुपर्छ । कम समय र खर्चमा सकिने साना साना योजना बनाउनुपर्छ । ठूला योजना र भौतिक पूर्वाधारमा हुने भष्टाचार, कमिसन, ढिलासुस्ति, झन्झटिलो प्रक्रिया नियमन र नियन्त्रण गरि कम सम समय लाग्ने साना कार्यक्रम तिर अब जानुपर्छ । कानुन, न्याय क्षेत्र वकिल, कानुन ब्यबसायी, अदालत, न्याधिस, , कानुनी र सबै पेसागत ब्यबसायी संगठन जनता को सेवा, हित र न्याय को लागि मर्यादित र प्रभावकारी हुनुपर्छ । प्रकृति र जलस्रोतको अधिकतम सदुपयोग गर्दै र विद्युतको प्रचुर विकास र प्रयोगसँगै भारत, बंगलादेश र अरू छिमेकी देशहरूलाई बिजुली बेचेर आर्थिक विकासतिर लाग्नु नै उपयुक्त हुन्छ ।
नेपालको आर्थिक विकासका प्रमुख क्षेत्र जलविद्युत र पर्यटन हुन्। नेपालमा पर्यटन उद्योगको प्रचूर सम्भावना छ। विश्वका ठूला र धेरै जनसंख्या भएका देशबाट लाखौं पर्यटक नेपाल आउनेछन्। बुद्ध नेपालमा जन्मिएकाले लुम्बिनी र अन्य बौद्धस्थलको भ्रमण गर्न चाहने चिनियाँ र अरु एसियन नागरिक हरूको उपस्थिति निश्चित रूपमा उच्च हुनेछ ।
परिश्रम र श्रम गरि दिन दिनै काम गरि खानु पर्ने परिवारको रोजी रोटी र जिवन चलाउने दैनिक मजदुरी ज्याला मा काम गर्ने, कामदार, श्रमिक,मजदूर, साना ब्यापारी र ब्यबसायीहरुलाई काम गर्न कानपा का प्रमुख र अरु सम्बन्धित सरकारी निकायले बैकल्पिक कार्य स्थान, समय र रोजगारी र आय आर्जन गर्न व्यवस्था गर्नु पर्छ ।उनिहरु लाई पनि कानुन, नियम दर्ता प्रक्रिया र कम नै भएपनि कर तिर्नु पर्ने कार्य नीति बनाउनु पर्छ ।
प्राकृतिक सम्पदा, हिमाल, पहाड, बनजंगल, दुर्लभ वन्यजन्तु, नदीनाला ताल आदि को उचित संभार, संरक्षण बिदेशमा व्यापक प्रचार र , प्रसार हुनुपर्छ । एतिहासिक, धार्मिक, संस्कृतिक , तीर्थस्थलहरु लाई अन्तर राष्ट्रियस्तर, सहज र सुविधाजनक दर्शन यात्रा बसोबास र खानपिन को व्यवस्था हुनुपर्छ । पशुपति मा आधुनिक र बहु उपयोगी धर्मशाला र सबै महत्वपुर्ण मठ मन्दिर धार्मिक क्षेत्र र तीर्थ स्थल , पशुपति, लुम्बिनी,स्वयम्बु, बौद, मुक्तिनाथ, मनकामना, हलेसी, स्वर्गद्वारी, कालिन्चोव्क, पाथिभरा , देवघाट आदिको उचित सम्भार, ब्यबस्थापन र अनुकुल बस्ने, खाने र दर्शन गर्ने बन्दोबस्त, सरसफाइ, स्वच्छ, स्वस्थ र सफा बाताबरण अत्यन्त आबश्यक छ । काठमाडौँ, पोखरा, चितवन जस्ता सहर हरु को विदेश मा व्यापक जानकारी उपलब्ध गर्नुपछर्। राजनीति र सरकार स्थिर र मजबुत भएमा देश बिकाश र आर्थिक प्रगति धेरै हुन सक्छ ।
नेपालको अर्थतन्त्र राम्रो नहुने संकेत धेरै छन् । यसका कारण बुझेर आर्थिक संकटलाई नियन्त्रण गर्न सकिएन भने अवस्था झन जटिल बन्दै जानेछ । सुशासन, भ्रष्टाचारमुक्त प्रशासन ,चुस्त सेवा प्रवाह र आर्थिक समुन्नति सरकारको पहिलो प्राथमिकता हुनुपर्छ । उच्च ब्याजदर, बेरोजगारी र अत्यधिक खर्चमा सरकारले तत्काल ध्यान नेपाली अर्थतन्त्रले अहिले सामना गरिरहेको समस्या केही घरेलु तथा अन्तर्राष्ट्रिय कारणले हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुने जस्ता अन्तर्राष्ट्रिय कारकहरूले नेपालको अर्थतन्त्रमा असर पारेको छ । साथै घरेलु समस्यालाई पनि नियन्त्रण गर्न सकिन्छ । यो बढ्दो आर्थिक अस्थिरता र संकटलाई विदेशी मुद्रा सञ्चितिको मुख्य स्रोत निर्यात, पर्यटन, वैदेशिक लगानी र सहयोगबाट कम गर्न सकिन्छ ।यस्ता विषयमा के गर्ने भनेर सरकारले सोच्नुपर्छ। अनावश्यक संस्था र नियुक्ति हटाउनु पर्छ। केन्द्रबाट प्रदेश र स्थानीय तहमा बढ्दै गएको आर्थिक अराजकताको बोझ घटाउनुपर्छ ।
लेखक अधिबक्ता हुन्






