सन्दीपको मुद्दा ‘हेर्दाहेर्दैमा’

काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेमाथिको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । महान्यायाधिवक्ता कार्यालयले दिएको पुनरावेदन निवेदनमाथि सुनुवाइ आइतबारबाट भएको हो । आइतबार बहस नसकिएपछि सो मुद्दाको सुनुवाइ सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

धरौटी धेरै भएको, क्रिकेट खेल्न दुबई जान पाउनुपर्ने भन्दै सन्दीपले दायर गरेको निवेदन र उनीविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दिएको पुनरावलोकन निवेदनमा सुनुवाइ भएको थियो । बहस लम्बिएपछि सो मुद्दामा सोमबार पनि सुनुवाइ हुनेछ ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त बन्द इजलासमा यो मुद्दाको सुनुवाइ भएको थियो । पीडितको पक्षबाट दुई जना सरकारी वकिल तथा कानुन व्यवसायीले बहस गरेका थिए । महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताद्वय सञ्जीव रेग्मी र सोमकान्त भण्डारीले बहस गरेका थिए ।

उच्च अदालतको धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण भएकाले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने उनीहरूले माग गरेका छन् । उनीहरूले कसको के योगदान छभन्दा पनि अपराध के हो भनेर हेर्नुपर्नेसमेत बताएका छन् । सन्दीपलाई थुनामै राखेर मुद्दा चलाइनुपर्ने सरकारी वकिलले तर्क गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 334 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल