प्रहरी भ्यानबाटै बलात्कार अभियुक्त फरार

काठमाडौँ । धनुषा प्रहरीको भ्यानबाट हाम फालेर एक अभियुक्त फरार भएका छन् । बलात्कार मुद्दामा पक्राउ परेका सबैला नगरपालिका–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया आइतबार हतकडीसहित प्रहरी भ्यानबाट फरार भएका हुन् ।

धनुषा प्रहरीका अनुसार जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किँदै गर्दा मुखिया कमला नहर नजिक भ्यानबाट हाम फालेर भागेका हुन् । रातिदेखि नै उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

epaper

ताजा समाचार

संविधानसभाका ३ सदस्यलाई दोषी ठहर गर्ने जिल्ला अदालतको निर्णय सदर