काठमाडौं । विभिन्न साना चार कम्युनिस्ट पार्टीबीच मोर्चा बन्दी हुनेभएको छ । संयुक्त मोर्चा बनाउने निर्णय गरेका ती कम्युनिस्ट पार्टीले कार्यदल समेत गठन गरेका छन् ।
सोमबार काठमाडौंमा बसेको नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीको संयुक्त बैठकले कार्यदल बनाउने निर्णय गरेको हो ।
चार सदस्यीय कार्यदलमा खड्गबहादुर विश्वकर्मा, कर्णजीत बुढाथोकी, जागृत रायमाझी र आरबी भण्डारी रहेका छन् । ४ सदस्यीय कार्यदललाई पर्टीका आगामीस्वरूप तथा कार्यक्रम’bout अवधारणा तयार गर्न २ दिनको समयावधि दिइएको छ ।
यसअघि ९ माघमा बसेको चार दलको बैठकले पार्टी एकताको समेत प्रयास गर्ने निर्णय गरेको थियो । मोर्चाबन्दी गर्दै अगाडि बढ्ने र पछि पार्टी एकता’bout निर्णय गर्न सकिने विश्वकर्माले बताए ।
यसैबीच नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोमबार देशको भद्रगोल अवस्थाको विरोधमा माइतीघरमा प्रदर्शन गरेको छ । बढ्दो महँगी, भ्रष्टाचार, बैंकको बढ्दो ब्याजदर, लघुवित्तको ज्यादती, मेडिकल माफियालगायतका विषयमा उनीहरूले विरोध जनाउँदै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले माइतीघरमा भेला भई सरकार विरोधी नारा लगाउँदै नयाँ बानेश्वरमा पुगेर कोणसभा गरेका थिए ।






