टकटकमा बढ्यो ‘पाइरेसी’

काठमाडौं । गीतसंगीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडिओ सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीतसंगीतको प्रचारप्रसार हुने भएकाले सर्जक यसतर्फ जोडिएका छन् ।

प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा हिजोआज चलचित्रका दृश्य पनि देख्न पाइन्छ । ससाना क्लिप आउँदा प्रचारप्रसार भएको मान्ने चलचित्रकर्मी केही समययता महत्वपूर्ण दृश्यसमेत भेटिँदा भने चिन्तित भइरहेका छन् । क्लिप खण्डखण्ड गरेर टिकटकमा आउँदा चलचित्र नै पाइरेसी भइरहेको छ ।

दर्शकले रुचाएको चलचित्रको दृश्य बढी लोकप्रिय हुने भएकाले टिकटकमा राख्ने गरिन्छ । ‘ए मेरो हजुर–४’, ‘कबड्डी–४’, ‘झिँगेदाउ’, ‘प्रेम गीत–३’ पश्चात् यो समस्या ‘छक्का पञ्जा–४’ मा पनि देखिएको छ । गत शुक्रबारदेखि प्रदर्शन भएको चलचित्रको दृश्य टिकटकमै भेटिएपछि निर्माण पक्षले त्यस्तो नगर्न आग्रह गरेका छन् ।

राम्रो व्यापार गरिरहेको चलचित्रको प्रतिक्रिया लिन चलचित्र घर पुग्नुभएका अभिनेता केदार घिमिरेले यस्ता दृश्य मोबाइलमा नखिच्न आग्रह गरे । ‘नजानेर वा रमाइलोका लागि खिचिएको दृश्यले हामीलाई नोक्सान पु¥याएको छ । त्यो अपराध हो । तपार्इं र आफ्नो परिवारलाई चलचित्र खिचेर टिकटकलगायत सामाजिक सञ्जालमा हाल्न हुँदैन भन्दिनुस् । यो सन्देश सबै कहाँ पु¥याइदिनुस्,’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम