मुम्बई । अभिनेता रणवीर कपुर आगामी फिल्म ‘तू झुठी मैं मक्कर’ प्रचारप्रसारमा व्यस्त छन् । यो फिल्म यही आज बुधबारबाट विश्वव्यापी रिलिज हुँदै छ ।
यसैबीच, हालै ‘तू झुठी मैं मक्कर’ प्रचार क्रममा रणवीर कपुरलाई उनका हजुरबुबा राज कपूरको बायोपिक’bout सोधियो । उनले पनि ‘हजुरबुबा राज कपूरको बायोपिक बनाउन निकै कठिन काम भएको’ प्रतिक्रिया दिएका छन् । तर, सो ‘भूमिका पाएमा उत्कृष्ट काम गर्ने’ उनले विश्वास दिलाए ।
‘दादाजीको बायोपिक अलि गाह्रो हुनेछ ’cause उहाँको जीवन विवादास्पद छ र हामीले उहाँको कथालाई इमानदारीपूर्वक देखाउनुपर्छ,’ उनले थपे, ‘हामीले यसलाई प्रचारात्मक फिल्म बनाउन सक्दैनौं । उहाँको बायोपिक बनाउने मेरो ठूलो रहर छ तर म राम्रो लेखक होइन र अहिले लेखनमा पनि संघर्ष गरिरहेको छु । उनको बायोपिक अचम्मको हुनेछ भन्नेमा म विश्वस्त छु ।’
यद्यपि, बुबा ऋषि कपुरको बायोपिक बनाउन उनले त्यति हतार नभएको बताए । बुवाको बायोपिक’bout सोधिएको प्रश्नमा रणवीरले भने, ‘सामान्यतया स्टारहरू घरमा अर्कै हुन्छन् र बाहिर अर्कै हुन्छन् तर बुबाले जीवनमा कहिल्यै फिल्टर गर्नुभएन । बुबाको जीवनमा नयाँ भन्नु केही छैन ।’ ३० वर्षपछि छोरी वा छोराले बुबाको बायोपिक बनाउने’bout योजना बनाउनुपर्ने उनले सुनाए ।
‘बर्फी’ र ‘सञ्जु’जस्ता फिल्मपछि रणवीर कपुर बायोपिकका लागि निर्देशकको पहिलो रोजाइ बनेका छन् । कुनै पनि बायोपिक खेल्दा रणवीरको पहिलो नाम लिइन्छ ।
पछिल्लो समय रणवीर ‘सौरभ गांगुली’को बायोपिकको तयारीमा रहेको बताइएको छ । उनले अनुराग बासुसँग मिलेर ११ वर्षदेखि चर्चित गायक किशोर कुमारको बायोपिकमा काम गरिरहेको खुलासा गरे । उनले आफूलाई आधिकारिक रूपमा ‘कास्ट’ नगरेकोसमेत बताए ।
रणवीर उत्कृष्ट अभिनेताका रूपमा चिनिन्छन्, जसले आफ्ना हरेक भूमिकामा उत्कृष्ट चरित्र निर्वाह गर्दै आएका छन् ।
रणवीर कपुरको फिल्म ‘तू झुठी मैं मक्कर’ ८ मार्च अर्थात् होलीको अवसरमा रिलिज हुँदै छ । चलचित्रको अग्रिम बुकिङसमेत सुरु भइसकेको छ । सो चलचित्रको अग्रिम बुकिङ उत्साहजनक भइरहेको छ । ‘पठान’पछि अब ‘तू झुठी मैं मक्कर’ सुपरहिट हुने अनुमान गरिएको छ ।






