मन्त्रीको नाम नदिने शेखर समूहको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले २ जना मन्त्रीको नाम मागेपछि शुक्रबार बिहान बसेको डा. शेखर कोइराला समूहको पदाधिकारी बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको हो ।

९ दलीय सत्ता गठबन्धनमा नेपाली कांग्रेसले ८ मन्त्रालय पाएको छ। तर देउवाले २ जनाको मात्रै नाम मागेपछि शेखर समूह असन्तुष्ट बनेको हो । कांग्रेस सहमहामन्त्री जीवन परियारले सभापति देउवाको उक्त प्रस्ताव स्वीकार्य नहुने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 360 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम