उदयपुर । दुर्लभ वन्यजन्तुको सूचीमा रहेको ध्वाँसे चितुवा उदयपुरमा घाईते अवस्थामा फेला परेको छ । अंग्रेजी नाम क्लाउडेड लियोपार्ड भनिने संरक्षित ध्वाँसे चितुवा उदयपुरको बेलका नगरपालिका– ९ स्थित यशोधा खोला नजिकको जंगलमा घाईते अवस्थामा फेला पारेको हो ।
डिभिजन वन डिभिजन कार्यालय उदयपुरका अनुसार मदन भण्डारी लोकमार्गको यशोधा खोलाको पुल नजिकैको जंगलमा घाईते अवस्थामा स्थानीयबासीले भेटेपछि उद्धार गरि प्राथमिक उपचार गरि थप उपचारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष जैबिक बिबिधता संरक्षण केन्द्र सौराहा चितवन पठाएको डिभिजन प्रमुख डा. ईन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।
एशियामा बाघ भन्दा ध्वाँसे चितुवा दुर्लभ रहेको अध्यायनले देखाएको छ । सन् २०२१ मा गरिएको अध्ययनमा शिकार र अन्य खतराका कारण नेपालदेखि दक्षिणपूर्वी एशियासम्म पाइने ध्वाँसे चितुवाको भविष्य सङ्कटग्रस्त देखिएको वैज्ञानिकहरूले बताएका छन् ।
सो अध्यानले नेपालमा ३ सय देखि ५ सयको संख्यामा ध्वासे चितुवा रहेको अनुमान गरिएको छ । विश्वभर ३७ सयदेखि ५५ सय ८० वटा परिपक्व अवस्थाका ध्वाँसे चितुवा रहेको अनुमान गरिएको छ । अध्यायनको तल्लो बिन्दुलाई आधार मान्ने हो भने बाघ भन्दा ध्वाँसे चितुवा दुर्लभ देखिन्छ किन भने अनुमानित तथ्याङ्क अनुसार अहिले विश्वभर ४ हजार बाघ जीवित रहेको मानिन्छ ।
नेपालका हिमाली शृङ्खलाका फेदीदेखि दक्षिण चीन र मलेशियाको दक्षिणसम्म पाइने यो चितुवा विरलै देखिने मांसाहारी हो जसले आङ्खनो अधिकांश समय रूखमै बिताउँछ । सुमात्रा र बर्निओमा पाइने सुन्डा ध्वाँसे चितुवा र यो बाघ समूहमा सबै भन्दा सानो आकारका हुन्छन् । सुन्डालाई सन् २००६ मा एउटा छुट्टै प्रजातिको रूपमा पनि ठहर गरिएको थियो ।
इन्टरनेशनल युनियन फर कन्जर्भेशन अफ नेचर (आईयूसीएन) ले जोखिममा रहेका प्रजातिको ‘रेड लिस्ट’ तयार गर्दा कुनै प्रजातिको संरक्षणमा तीन पुस्ताको अवस्थामा भएको परिवर्तनलाई अध्ययन गर्छ । सन् २०२१ को ध्वाँसे चितुवामा गरिएको पहिलो अध्ययन थियो जुन सन् २०१६ बाट शुरू गरिएको हो । यो अध्ययनले पछिल्ला तीन पुस्तामा (बाघको आयु करिब २० देखि २१ वर्ष मान्दा) ध्वाँसे चितुवाको सख्या ३० प्रतिशत भन्दा बढीले घटेको निष्कर्ष निकालेको छ । ध्वाँसे चितुवा एउटा जोखिमपूर्ण प्रजातिका रूपमा रहेको र यो हुनु पर्ने कैयौं वन जङ्गलमा अहिले नभेटिने गरेको अध्ययनले देखाएका छन । वन्यजन्तु संरक्षण कोष (डब्लूडब्लूएफ) ले गरेको अध्ययनका आधारमा राम्रो बासस्थान भएका म्यानमार, क्याम्बोडिया, भियतनाम र लाओसका विभिन्न ठाउँ जहाँ यो प्रजाति भेटिनु पथ््यो, त्यहाँ पनि अहिले पाइँदैन ।
उदयपुरको महाभारत श्रृखला क्षेत्रमा पाईने ध्वाँसे चितुवा बेलका नगरपालिका–९ यशोधा खोला नजिकको जंगलमा घाइते अवस्थामा फेला परेको दुर्लभ पोथी जातको ध्वाँसे चितुवा डिभिजन वन कार्यालय उदयपुरले उद्धार गरेको हो । घाइते चितुवाको उद्धार गरि ल्याएर गाईघाटस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुर र राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्र कोशी टप्पुले डिभिजन वन कार्यालय उदयपुरको परिषरमा प्राथमिक औषधि उपचारपछि थप उपचारका लागि मंगलबार चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रमा पठाइएको डिभिजनल वन अधिकृत डा. ईन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।
नेपालको संरक्षित तथा अति लोपोन्मुख वन्यजन्तुको अनुसूची १ मा रहेको ध्वाँसे चितुवा नेपालमा करिब तीन सय देखि पाँच सयको सख्यामा रहेको अनुमान गरिएको छ । वन कर्मचारीले उद्धार गरि ल्याएका ध्वाँसे चितुवालाई भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र उदयपुर र कोशी टप्पु राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका पशु प्राबिधिक पुरुषोतम मुडवरीको टोलीले प्राथमिक उपचार गरी थप उपचार र संरक्षणका लागि चितवन पठाइएको हो ।
ध्वाँसे चितुवाको बासस्थान अतिक्रमण र वन बिनासले खतरामा परेको हो । यसले गर्दा समग्र अनुमानित संख्या र प्रवृत्ति (ट्रेन्ड) ’bout निष्कर्षमा पुग्न निकै चुनौतीपूर्ण रहेको बताईन्छ । यी सबै कुरा मानव अतिक्रमण तथा हस्तक्षेपका कारण भएको हो, भनिएको छ । बासस्थानको क्षति, शिकार गर्ने प्रवृत्ति, वन्यजन्तु व्यापार सम्बन्धी तथ्याङ्क र जङ्गलमा थापिएका पासोहरूको सख्याका आधारमा लोप हुने अवस्थामा पुगेको हो ।
ध्वाँसे चितुवा सम्बन्धी अनुसन्धानले जङ्गल फँडानीको दर बढ्नु अबैध शिकार र वन्यजन्तु व्यापार जस्ता जोखिमलाई ध्यान दिइएको थियो । आईयूसीएनको एक अध्ययनले ध्वाँसे चितुवाका लागि सबै भन्दा ठूलो खतरा त पासोमा पारेर गरिने चोरी शिकार नै हो । सिकारीले पासोमा परेपछि ध्वाँसे चितुवाको छाला र अन्य अंगहरू अबैध वन्यजन्तु व्यापारको सञ्जालमा पु¥याउने गरेको पाईन्छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण महासन्धि (साइटिस) ले ध्वाँसे चितुवाका अङ्गको अन्तर्राष्ट्रिय व्यापारमा प्रतिबन्ध लगाएको छ । “ध्वाँसे चितुवाको छाला सबै भन्दा बढी व्यापार हुने अङ्गमा पर्छ, त्यसपछि क्रमशः तिनीहरूका खप्पर र तिखा दाँतको व्यापार हुन्छ जुन मुख्यतः सजावटका लागि प्रयोग गरिन्छ ।
बासस्थान गुमेसँगै चोरी सिकारीले गर्दा लोप हुने क्रम जारी रहँदा यो प्रजातिको संख्या बढ्दो रूपमा छिन्नभिन्न भइ रहेको छ भने आनुवंशिक विविधता (जेनेटिक डाइभर्सिटी) को कमीले पनि यसको दीर्घकालीन अस्तित्वमा खतरा उत्पन्न गरेको छ । “चोरी शिकार जत्तिकै गम्भीर त नहोला, तर प्रजननको कुरा पनि यस क्षेत्रको संरक्षण समुदायले सम्बोधन गर्नु पर्ने विषय भएको छ ।
सन् २०२१ को अध्यायनले ध्वाँसे चितुवाको समग्र उपलब्धता निरन्तर घटि रहेको पाइएको र केही ठाउँमा निकै तीव्र रूपमा घटेको देखिए पनि यस प्रजातिलाई आईयूसीएनको ‘सङ्कटापन्न’ सूचीमा भने राखिएन । त्यसैले यसको समग्र अवस्थालाई ‘जोखिमयुक्त’मा राखिएको छ । यसो हुनुको आंशिक कारण चाहिं आईयूसीएनको ‘रेड लिस्ट’ सम्बन्धी मापदण्ड निकै कडा भएर पनि हो । ‘सङ्कटापन्न’ का रूपमा सूचीकृत हुन कुनै प्रजाति १० वर्षदेखि वा तीन पुस्तादेखि कम्तीमा ५० प्रतिशतले घटेको वा घट्ने अनुमान गरिएको हुनुपर्छ वा विश्वमै निकै सानो क्षेत्र वा संख्यामा सीमित भएको हुनुपर्छ ।
यस सम्बन्धी मापदण्डमा ध्वाँसे चितुवा पनि पर्छ । घाईते अवस्थामा फेला पारेको ध्वासे चितुवा करिब ७ केजी तौल, तीन फिट लम्बाइ र एर्क फिट उचाइ रहेको करिब १४ महिना जतिको बच्चा रहेको जनाएका छन । ध्वाँसे चितुवा चोरी सिकारी गरेको खण्डमा ५० हजारदेखि ५ लाखसम्म र १ वर्षदेखि १५ वर्षसम्म कैद सजाय तोकिएको छ । ध्वासे चितुवा १४ सय मिटर उचाइदेखि ३५ सयको उचाइमा मात्र पाइने भनिएको ध्वाँसे चितुवा जलवायु परिबर्तनले चुरे क्षेत्रमा फेला परेको हो । यो सतहमा फेला परेको ध्वाँसे चितुवा सम्भवतः पहिलो भएको बताइएको छ ।
तराईका घना जंगलमा पनि ध्वाँसे चितुवा पाइन्छ भन्ने जानकारी आएको थियो । नेपालमा २६ वटा संरक्षित वन्यजन्तुको सूचीमा रहेको ध्वाँसे उदयपुरमा फेला परेको पहिलोपल्ट हो । ध्वासे चितुवा मानव बस्तीमा छिर्ने गर्दैन । बिरालो वर्गमा पर्ने ध्वाँसे चितुवा अन्य चितुवा भन्दा निकै लजालु हुन्छ । घना जङ्गलमा एक्लै बस्न मन पराउने र राति मात्र बाहिर निस्कने भएकाले यसलाई हत्पत्ति मानिसले देख्दैनन । नेपालमा पाइने १२ बिरालो प्रजाति मध्ये रूख चढ्न खप्पिस ध्वाँसे हुन्छ ।
बाँदर जस्तै एक रूखबाट अर्को रूखमा हामफाल्न र कुद्न खप्पिस भएकै कारण यसले बढी जसो बाँदरकै सिकार गर्ने गर्छ । बाँदर र मृग यसको मन पर्ने आहारा हो । १२ देखि २३ किलोग्रामसम्म तौल हुने यसको लम्बाइ ८४ सेन्टिमिटरसम्म हुन्छ । यसले एक पटकमा ५ वटासम्म बच्चा जन्माउँछ । रातको समयमा बढी सक्रिय हुने यो वन्यजन्तु यस अघि २३ सय मिटर उचाइसम्म मात्र भेटिएको थियो ।






