हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले चेपाङ समुदायको मौलिक संस्कृति संरक्षण तथा प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार सदैव तयार रहेको बताएका छन् ।
चेपाङ समुदायको न्वागी (छोनाम) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले प्रदेशमा बसोबास गर्ने विभिन्न जातजाति र समुदायका मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्दै तिनको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मुख्यमन्त्री थापाले न्वागीलाई बागमती प्रदेशको सांस्कृतिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण पर्वका रूपमा उल्लेख गरेका छन् । चेपाङ समुदायले न्वागी मनाउँदा उनीहरूको विशिष्ट सांस्कृतिक पहिचान स्थापित हुनाका साथै परम्परागत मूल्य र मान्यताले महत्त्व पाएको उनको भनाइ छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिएको मुलुक भएको उल्लेख गर्दै उनले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालीको साझा पहिचान भएको बताएका छन् ।
मुख्यमन्त्री थापा मगरले न्वागी पर्वले समाजमा सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गरी समुन्नत समाज निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
मुख्यमन्त्री थापाले न्वागीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण चेपाङ समुदायमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन
बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा
पहाडमा पनि ‘गोमन सर्प’ देखिएपछि …
पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध
चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तकोे ‘डिएनए’ नमूना सङ्कलन
भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप






