नेपालका वन पाखामा रमाउदै भारतीय चलचित्रकर्मी

काठमाडौं । नेपालमा भारतीय चलचित्र एवं शृंखलाको छायांकन हुने क्रम बढिरहेको छ । अंग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायांकनस्थल बनाए पनि भारतीय चलचित्रकर्मी नेपालमा रमाउन थालेको भने धेरै भएको छैन ।

२०७८ सालमा हिन्दी चलचित्र ‘उचाइ’ले नेपालमा एक महिना छायांकन गरेको थियो । भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परिणीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालका ’boutमा राम्रै चर्चा भयो । त्यसपछि नेपालमा भारतीय चलचित्रसँगै शृंखलासमेत छायांकनका लागि आउन थालेका छन् ।

गत साता मात्र काठमाडौंमा भारतीय चलचित्र ‘मिराई’ को छायांकन भयो । त्यही समयमा भारतीय निर्देशक अनुभव सिन्हाले समेत १० दिन एक शृंखलाको छायांकन गरे । सिन्हाले काठमाडौं, पोखरालगायत विभिन्न स्थानमा छायांकन गरेका थिए । अभिनेता अर्जुन कपुर अभिनित ‘इन्डियाज मोस्ट वान्टेड’ को छायांकनसमेत पोखरामा भएको थियो । यी प्रतिनिधि नाम मात्र हुन् ।

ससाना शृंखला, सांगीतिक भिडियो उत्तिकै संख्यामा छायांकन भइरहेका हुन्छन् । नेपालमा विदेशी चलचित्रको आकर्षण बढिरहेको प्रोडक्सन डिजाइनर अरुण रेग्मीले जानकारी दिए । उनीसहित सुरज आचार्यको कम्पनी थ्री ह्वीलर्सले विगत दुई वर्षमा निर्देशक सिन्हाको शृंखलासँगै फर्जी, उचाइलाई नेपालले व्यवस्थापनको काम गरिसकेको छ । चलचित्र छायांकनमा चाहिने सम्पूर्ण प्रबन्ध प्रोडक्सन डिजाइनरले मिलाउने गर्छन् । त्यसरी आउने विदेशी चलचित्रकर्मी नेपालको प्राकृतिक सम्पदाप्रति मोहित हुने गरेका छन् ।

‘विदेशी समूहसँग काम गर्दा नेपाली प्राविधिकले समेत सिक्न पाए, उहाँहरूको काम गर्ने शैली परिपक्व छ,’ प्रोडक्सन डिजाइनर रेग्मीले भने, ‘ठूलो समूहमा कसरी काम गर्ने भन्ने सिकिन्छ ।’ विशेषतः विदेशबाट नेपालमा छायांकन टोली आउँदा सयभन्दा बढी प्राविधिक आउने गरेका छन् । उनीहरूले स्थानीयसँग सहकार्य गरेर काम गर्ने गरेका छन् ।

‘मिराई’ को नेपाल व्यस्थापन हेरेका प्रोडक्सन डिजाइनर मनोज जोशीले काम गर्न सहज भएको धारणा राखे । ‘उहाँहरूसँग काम गर्दा आफ्नो जिम्मेवारी लिएपछि ढुक्क हुन्छ, नेपाललाई मन पराएको भन्ने नै सुन्छु,’ जोशीले भन, ‘नेपालीको स्वागत सत्कारले उहाँहरूलाई लोभ्याएको पाएको छु ।’ समूहमा काम गर्दा बलिउडका ठूला कलाकारले पनि सरलता प्रस्तुत गर्ने प्रोडक्सन डिजाइनर रेग्मीको भनाइ छ । ‘दिग्गज कलाकारको कामप्रतिको सरलता र मानवीय स्वभावले हामीलाई काम गर्न ऊर्जा प्रदान गथ्र्याे, कामप्रतिको लगाव तारिफयोग्य छ, हामीलाई सहज होस् भनेर कहिल्यै ठूलो कलाकारको व्यवहार गर्नुभएन,’ उनले भने ।

नेपाल सरकारले विदेशबाट छायांकनमा आउने चलचित्रलाई सेवासुविधा प्रदान गरे संख्या वृद्धि हुने अर्का प्रोडक्सन डिजाइनर शंकर पाण्डेको भनाइ छ । ‘विशेषतः छायांकनमा चाहिने स्वीकृति प्रदान गर्ने निकाय चुस्त भए र केही सहुलियत प्रदान गरिए संख्या बढ्नेछ,’ प्रोडक्सन डिजाइनर पाण्डेले भने, ‘अहिले नेपाल हाम्रो भन्दा पनि उनीहरूकै कारणले आइरहेका छन् ।’

तपाइको प्रतिक्रिया
(Visited 368 times, 1 visits today)

epaper

ताजा समाचार

गण्डकी मिडिया समिटमा अग्रज पत्रकार सम्मानित