नायिका श्रद्धा प्रसाईंले कमेडियन बिक्कीसँग बाँधिन् जोडी

काठमाडौं । विगतमा आफ्नो प्रेम अस्वीकार गर्ने अभिनेत्री श्रद्धा प्रसाईं अन्ततः कमेडियन कलाकार तथा ‘कमेडी क्लब’का निर्देशक बिक्की अग्रवालसँग वैवाहिक सम्बन्धमा बाँधिएकी छन् ।

यी दुईले बुधबार विवाह गरेका हुन् । श्रद्धा र बिक्की विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा भए पनि उनीहरूले आफ्नो सम्बन्धलाई अस्वीकार गर्दै आएका थिए ।

हालै गुपचुप इन्गेजमेन्ट गरेका यी दुईले बुधबार आर्मी अफिसर्स क्लब काठमाडौंमा विवाह गरेका हुन् । उनीहरूले विवाहपछि बुधबार बेलुका नै कमेडी क्लबका टिमसहित सिनेकर्मी तथा अन्य कलाकारलाई आर्मी अभिसर्स क्लबमा रिसेप्सन पार्टी दिएका छन् ।

अभिनेत्री श्रद्धाले चलचित्र प्रेमगीत २ बाट नायिकाका रूपमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनले अभिनेता पुष्प खड्काको जोडी भएर चलचित्र ‘दर्पणछाँया २’मा नायिकाका रूपमा काम गरेकी थिइन् । त्यसपछि केही म्युजिक भिडियोमा मोडलिङ गरेकी श्रद्धाले पछिल्लो सयम निर्देशक बिक्कीको मुख्य सहायक निर्देशक भएर ‘कमेडी क्लब’मा काम गरिरहेकी छन् । विवाहपछि आफू निर्देशकका रूपमा अघि बढ्ने श्रद्धाले बताएकी छन् ।

बिक्की र श्रद्धाको निकटता यस अघिको हांस्यप्रधान रियालिटी सो ‘आम्मा कसम याँ दुख्छ’बाट जोडिएको हो । यी दुईले ‘आम्मा कसम याँ दुख्छ’मा सँगै काम गरेका थिए । उनीहरू यही सोबाट प्रेम सम्बन्धमा बाँधिएका हुन् ।

आफूहरू वैवाहिक सम्बन्धमा बाँधिएकोमा कमेडियन बिक्कीले खुसी व्यक्त गरेका छन् । हिजो निर्देशनमा साथ दिएकी श्रद्धाले श्रीमतीका रूपमा जीवनभर पाउँदा अत्यन्त खुसी लागेको उनले बताएका छन् ।

‘कमेडी च्याम्पियन २’को फाइनलमा पुगेका बिक्की भारतको सिक्किम निवासी हुन् । कमेडी च्याम्पियन २ को विजेता नभए पनि उनी त्यसपछि निकै व्यस्त छन् । रियालिटी सो निर्देशनदेखि थुप्रै स्टेज कार्यक्रममा बिक्कीलाई भ्याइनभ्याइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 248 times, 1 visits today)

epaper

ताजा समाचार

केपिलासगढीमा प्रभाकारी बन्दै ‘बुहारी शिक्षा’ कार्यक्रम