दुर्गालाललाई ‘गीतकार वर्ष अमर भावना’ सम्मान

काठमाडौं । गीतकार संघ नेपालले अग्रज गीतकार दुर्गालाल श्रेष्ठलाई ‘वर्ष अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०७९’बाट सम्मानित गरेको छ । संघको स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले श्रेष्ठ सम्मानस्वरुप १ लाख ५१ हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरेका हुन् ।

सोही समारोहमा राष्ट्रगानका रचयिता व्याकुल माइलालाई ‘गीतकार विशेष सम्मान–२०७९’ बाट सम्मानित गरिएको छ । सम्मानस्वरूप उनलाई १५ हजार रुपैयाँसहित ताम्रपत्र प्रदान गरिएको हो ।

त्यस्तै, संघका तर्फबाट ‘वर्षको डायस्पोरा गीतकार सम्मान’ खेम रिजाललाई १५ हजारसहित सम्मान प्रदान गरिएको छ ।

लिम्बू भाषाका गीतकार भगत सुब्बा–लाजेसा याक्थुङ्बा) र गीतकार विष्णु मन्सरा घलेलाई जनही २५ हजार २ सय ५२ रुपैयाँसहित ‘मातृभाषा गीतकार सम्मान २०७९’ प्रदान गरिएको छ ।

यसैगरी, संघले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘वर्ष गीत पुरस्कार–२०७९’का उत्कृष्ट दस गीत छनोट गरेको छ । संघ महासचिव टीका राईद्वारा जारी विज्ञप्तिमा ‘यस वर्षको भैरवनाथ रिमाल ‘कदम’ वर्ष गीत पुरस्कार–२०७९’का लागि ‘वर्षका उत्कृष्ट दस गीतकार’का गीत छनोट गरिएको हो ।

त्यस्तै, ‘वर्ष गीत पुरस्कार–२०७९’बाट दुई जना पुरस्कृत भए । ‘भुइँ सोरी’ गीतबाट सञ्जिव र ‘एक मुठी सास’बाट उमेश लम्साल पुरस्कृत भएका छन् । उनीहरूले जनही २८ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे । मनोनयनमा परेका २०७८ सालभरका १० गीतबाट यी दुई गीत उत्कृष्ट भएका हुन् ।

यस वर्षको ‘जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार–२०७९’बाट गीति पुस्तक ‘यला यला’का लागि गीतकार गंगाराज मुकारुङ पुरस्कृत भएका छन् । उनले पुरस्कारस्वरूप ५७ हजार रुपैयाँ प्राप्त गरे ।

गीतकार संघ नेपाल अध्यक्ष वसन्त वित्यासी थापाले गीतकारको प्रतिलिपि अधिकार’bout आवाज उठाएको उल्लेख गरे भने संघका संस्थापक अध्यक्ष डा. कृष्णहरि बरालले संघको स्थापनाका स्मरण गरे गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 293 times, 1 visits today)

epaper

ताजा समाचार

सरिता तिवारीको हत्यापछि गाडिएको अवस्थामा शव