प्रचण्डविरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौँ। सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको छ ।

आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रूपमा प्रयोग गरी जबरजस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकाल्नु युद्ध अपराध गरेको भन्दै लेलिन विष्टले प्रचण्डलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

तर सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरूप निरूपण हुने भन्दै उनको रिट दरपिठ गरेको थियो। दरपिठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीको राजविराज र बोदेबरसाइन क्षेत्रमा कर्फ्यु जारी