पर्सामा १०२ राउण्ड वेवारिसे गोली बरामद


वीरगन्ज । ठूलो परिणामको वेवारिसे गोली पर्सा प्रहरीले फेला परेको छ । वीरगन्ज महानगरपालिकाले वडा नम्बर १० मा नाला सफा गर्ने क्रममा केही शंस्कास्पद बस्तु देखेपछि खोजी गर्दा १०२ थान गोली बरामद भएको हो ।

आइतबार साढे ८ बजे वीमनपा १० आदर्शनगर एरियामा महानगरको सरसफाइ टोलीले जेसिबीबाट नाला सफा गर्दा उक्त परिणामको गोली शंकास्पद अवस्थामा प्लाष्टिकको झोलामा फेला परेको प्रहरीले जनाएको छ । वेवारिसे अवस्थामा गोली भेटिएको पर्साका प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताए ।

विभिन्न प्रकारका हतियारमा प्रयोग हुने १०२ राउण्ड गोली बरामद भएको उनको भनाइ छ । बरामद भएका गोलीहरुमा हर्नेटमा प्रयोग हुने गोली १७ राउण्ड, एसएलआरको ४ राउण्ड, नाइन एमएमको ३२ राउण्ड, ३८ बोरको २४ राउण्ड, ४५ एमएमको ४ राउण्ड, फेडरल ८ राउण्ड, विन्चेष्टर–५ राउण्ड, ७.६५ को ५४ एमएमको ३ राउण्ड र ७ एमएमका १ राउण्ड फेला परेको पर्सा प्रहरीले उल्लेख जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 354 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम