अर्घाखाँचीमा ५ वर्षपछि ट्याक्सीको नयाँ भाडादर

अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्सीको नयाँ भाडादर लागु भएको छ । जिल्ला स्तरीय भाडा निर्धारण समिति र सरोकारवालाको बैठकले ५ वर्षपछि नयाँ भाडा लागू गर्ने निर्णय गरेको हो ।

२०७५ सालमा सर्वपक्षिय बैठकबाट कायम भएको भाडादर हालसम्म हेरफेर हुन नसकेको र भाडा महगों भएको गुनासो आएपछि बैठक बसेर यस्तो सहमती कायम गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए।जसअनुसार कालोपत्रे अर्थात पिच गरिएको सडकमा प्रति किलोमिटर ५० रुपैंया र कच्ची तथा ग्राभेल सडकमा प्रति किलोमिटर ६५ रुपैंया भाडादर कायम गरीएको हो ।

सन्धिखर्कबाट जिल्ला अस्पताल अर्घाखाँचीमा जाने यात्रुले यस अघि २ सय भन्दा बढी भाडा तिर्न बाध्य थिए। अब घटेको भाडादर अनुसार १ सय रुपैयाँ तिर्नुपर्ने प्रजिय ढकालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

epaper

ताजा समाचार

बझाङको सुगरेमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु, १३ जना घाइते