ड्रागन बोट फेस्टिभल

पोखरा । पोखरामा शुक्रबार ड्रागन बोट रेस फेस्भिटल हुँदैछ । फेवातालमा दुई दिनसम्म चल्ने सो फेस्टिभलको तयारीका लागि बिहीबार तालमा अभ्यास गरिएको छ ।

चीनबाहिर एसियामै पहिलो पल्ट पर्यटकीय नगरी पोखरामा हुने सो फेस्टिभललाई निकै महत्वका साथ हेरिएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको आयोजनामा हुने सो फेस्टिभलको तयारी पूरा भएको आयोजकले जनाएको छ । बोट रेसमा भाग लिने चिनियाँ खेलाडीहरु पोखरा आइसकेका छन् ।

फेवातालको क्याम्पिङमा शुक्रबार बिहान ९ बजे मूल समारोह हुने र समापन शनिबार मध्यान्ह समापन गरिने छ । बोट रेसमा नेपालसहित चीन, सिंगापुरका गरी आठ टिमले भाग लिँदैछन् । तीमध्ये नेपाली ४ टिममा नेपाल ¥याफ्टिङ एण्ड क्यानोइङ एसोसिएसन (एनआरसिए), चाइना नेपाल फ्रेन्डसिप, फेवा डुंगा नव्यवसायी संगठन र पोखरा महानगरपालिकाको टिमले भाग लिने छन् । बिहीबार छनोट चरणमा बेगनास ताल डुंगा व्यवसायी समितिको टोली बाहिरिएको प्रतियोगिताका प्राविधिक प्रमुख मीनबहादुर मगरले बताए । प्रतिस्पर्धा २ सय र ५ सय मिटरको इभेन्टमा हुनेछ ।

विजेताले ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । पुरस्कारको लागि नगद ३० लाख खर्च हुनेछ । सो अवसरमा नेपाल सहित विभिन्न देशका सांस्कृतिक प्रस्तुति र खानाका परिकारको प्रदर्शनी समेत गरिने छ । एक टिममा १२ खेलाडी सम्मिलित हुने छन् । चाइनीज ड्रमको तालमा खेलाडीले डुंगामार्फत निर्धारित दुरी पार गर्नुपर्नेछ ।

यसअघि अष्टे«लियामा भएको अन्तर्राष्ट्रिय वोट रेसमा प्रथम सिंगापुरको टिम पनि पोखरा आएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो फेस्टिभलले पोखराको पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले नेपाल र चीनबीच रही आएको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधुर बनाउन यो प्रतियोगिता महत्वपूर्ण रहेको बताए ।

पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनको सहआयोजनामा हुने फेस्टिभलमा होटल एसोसिएसन नेपाल (हान), नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा), नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसन लगायत विभिन्न संघसंस्थाको सहकार्य छ ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम