उदयपुर । डिभिजन वन कार्यालय गाईघाट उदयपुरले ‘सन्ततिका लागि सोचौँ, समृद्धि र हरियालीका लागि रुख रोपौँ’ भन्ने नाराका साथ छैटौँ राष्ट्रिय वृक्षरोपण दिबस बृक्षारोपण गरि मनाएका छन । उदयपुरको चौदण्डीगढी नगरपालिकामा राष्ट्रिय बृक्षारोपण दिबस २०८० बिभिन्न जातको बिरुवा रोपेर मनाएको हो । डिभिजन बन कार्यालय उदयपुरको आयोजना र सव डिभिजन वन कार्यालय बेल्टार र आँपखहरे सा.व.स चौदण्डीगढी नगरपालिका–६ को सहकार्यमा बृक्षारोपण गरिएको हो ।
चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले बिरुवा रोपेर बृक्षारोपणको शुभारम्भ गरेका थिए । त्यहाँ बिभिन्न ४ प्रजातीका ५ सय विरुवाहरु रोपिएको डिभिजन प्रमुख डा. ईन्द्रप्रसाद सापकोटाले जानकारी दिए । नगर प्रमुख लामाले मानिसको अस्तित्व बचाइ राख्न बृक्षारोपण गरेर आङ्खनो वरिपरिको वातावरण हराभरा बनाउनु पर्नेमा जोड दिए । प्राकृतिक श्रोत साधनहरूको चरम दोहनले वातावरण प्रदुषित बन्नुका साथै वन जंगल मासिने भएकोले यसलाई सम्पुर्ण नगरबासीहरुले संरक्षण आग्रह गरे । आँपखहरे सा.व.उ.स. चौदण्डिगढी नगरपालिका– ६ मा अमला, बर्को, महोगनी, मसला आदि प्रजातिका विरुवाहरु रोपिएको जनाएको छ ।
त्यसैगरी राष्ट्रिय वृक्षारोपण दिबसको अबसरमा कटारीमा पनि बृक्षारोपण गरिएको छ । डिभिजन बन कार्यालय त्रिवेणी कटारीको सहयोगमा कटारी नगरपालिका–३ स्थित किरातेश्वर मन्दिर आसपास बृक्षारोपण गरिएको हो । सन्ततिका लागि सोचौ, समृद्धि र हरियालीका लागि रुख रोपौँ’ भन्ने नाराका साथ ईन्टरनेशनल फरेष्टी स्टुडेण्ड युनियन (आईएफएसए) कटारी र वी बायोडेरेसेट्टी कन्र्सनेसन (डब्लुविसी ) कटारीको आयोजनामा बृक्षारोपण गरिएको हो । वन विज्ञान क्याम्पस कटारीका विद्यार्थीहरुको समूहले आयोजना गरेको बृक्षारोपणमा विद्यार्थी तथा वन कर्मचारी, प्रहरी, ट्राफीक प्रहरी लगायतले बृक्षारोपण गरेका थिए । बृक्षारोपणमा वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत अनिरुद्धकुमार साहको समेत उपस्थिति रहेको थियो ।
डिभिवन वन अधिकृत डा. इन्द्रप्रसाद सापकोटाले छैटौँ राष्ट्रिय वृक्षरोपण दिबस बृक्षारोपण गरेर सफल पार्न अहोरात्र खट्नु हुने स्थानीय समुदाय, स्थानीय तह, सबै वन उपभोक्ता समुह, नागरिक समाज, गैरसरकारी संस्था, निजी क्षेत्र, सुरक्षा निकाय लगायत सबैमा आभार व्यक्त गरे ।
डिभिजन वन कार्यालय गाईघाट उदयपुरले उदयपुरको चौदण्डीगढी नगरपालिका– ९ स्थित सुर्योदय सामुदायिक वन समुहको अजगरामा ९ हेक्टर जमिनमा बिभिन्न जातको जामुन, हर्रो, बर्रो, अमला गरि १० प्रजातिको बिरुवा रोपेर सुरु गरेको जनाएका छन । छैटौँ राष्ट्रिय वृक्षरोपण दिबसमा डिभिजन वन कार्यालय गाईघाटले बिभिन्न जातको ४० हजार बिरुवा बृक्षारोपण गर्ने लक्ष्य रहेको डिभिजन प्रमुख सापकोटाको भनाई रहेको छ ।
बिरुवा उत्पादन गरी कृषि वन, निजी वन, सार्वजनिक जग्गा, नदी उकास जग्गामा रोपण गर्ने जनाएको छ । वृक्षरोपण, बिरुवा उत्पादन जस्ता कार्यक्रम स्थानीय तह तथा वन उपभोक्ता लगायत सरोकारवाला सहितको सहभागितामा कार्यान्वयनमा ल्याएको बताएका छन ।






