एअर अरेयिबाबाट चैत ६ गते नेपाल आएका नवलपरासीका ७ जना अझै भेटिएन


नवलपुर । अघिल्लो बिहिवार एअर अरेबियाको बिमानवाट नेपाल आउदा संक्रमित एक पुरुषसंगै आएका नवलपरासीका ८ जना मध्ये ७ फेला नपरेर प्रशासन हैरान परेको छ ।

नवलपरासी घर रहेका ८ जना मध्ये १ जनाको घर पत्ता लागेको छ । उनिहरुको पासपोर्टमा लेखिएको ठेगानामा उनिहरु पत्ता नलागेपछि प्रशासन हैरानीमा परेको छ । ८ जना पुरुष हुन ।

त्यहि जहाजमा आएका एक पुरुषको स्वास्थ्य परिक्षणको नतिजामा गत बुधवार कोरोना संक्रमण भएको पुष्टि भएपछि गृह मन्त्रालयले पठाएको बिबरणका आधारमा उनीहरुको खोजि शुरु भएको हो ।

शनिवारसम्म एक जना फेला परेको र उनी आफनै घरमा सेल्फ क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी प्रमुख एसपी दिपक रेग्मीले जानकारी दिए ।

गृहले पठाएको नामावलीका अनुसार प्रहरीलाई खोजतलाश गरेर पत्ता लगाउन जिम्मा दिइएको जिल्ला प्रशासनका सूचना अधिकृत आनन्द शर्माले जानकारी दिए ।

उनीहरु गत चैत्र ६ गते दुबइको सारजहा एअरपोर्टवाट एअर अरेयिबा एअरलाइन्सको जी ९५३७ बिमानवाट काठमाण्डौ आएका थिए । त्यो बिमानमा १६९ जना यात्रु रहेकोमा ८ जना नवलपरासीका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन