मोटरसाइकल दुर्घटनामा अनुसन्धान अधिकृतको मृत्यु

सर्लाही ।सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धानका एक जना अधिकृतको मृत्यु भएको छ। मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका वडा नं ६ बयलबास बस्ने अन्दाजी २९ वर्षिय बसन्त साह रहेका छन ।

अनुसन्धान अधिकृत साह मंगलबार राष्ट्रिय अनुसन्धान कार्यलय मलंगवा बाट बागमती प्रदेश ०२-०१६ प ००७१ नम्बरको अपाचे मोटरसाइकलमा सवार भइ घर तर तर्फ फर्कने क्रममा गएराती नै ईश्वरपुर वडा नं ९ स्थित खोरियाटोलमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

अनुसन्धान अधिकृत साहको मोटरसाइकल दुर्घटना गएराती भएपनि प्रहरीलाई घटना ’bout आज जानकारी भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । मृत्क अनुसन्धान अधिकृत साहको शव परिक्षणको लागि प्रदेशिक अस्पताल मलंगवा राखिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपेन्द्र चौधरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

epaper

ताजा समाचार

समस्या सुन्दै, समाधानको पहल गर्दै घरदैलोमा सासंद आचार्य