समस्या सुन्दै, समाधानको पहल गर्दै घरदैलोमा सासंद आचार्य

सुन्दरहरैंचा (मोरङ) । आम निर्वाचन सकिएर नेताहरू राजधानी केन्द्रित भइरहँदा मोरङ क्षेत्र नम्बर ६ का जनप्रतिनिधि भने निरन्तर जनताकै घरदैलोमा व्यस्त देखिन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रुविना आचार्यले चुनाव सकिएपछि पनि आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूको समस्या सुन्न र बुझ्न घर–घर पुग्ने अभियानलाई निरन्तरता दिएकी छिन्।

सांसद आचार्यले आफ्नो क्षेत्रभित्र पर्ने सबै २० वटै वडाका नागरिकका समस्या प्रत्यक्ष रूपमा सुन्ने, टिपोट गर्ने र तिनको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने कार्यलाई तीव्र बनाएकी हुन्।

सामुदायिक विद्युत कार्यालय र वडा कार्यालयको आकस्मिक अनुगमन

यसै क्रममा सोमबार सांसद आचार्यले सुन्दरहरैंचा–३ मा रहेको मोरङ सामुदायिक विद्युत उपभोक्ता संस्थाको कार्यालयमा पुगेर आकस्मिक वस्तुस्थिति अनुगमन तथा छलफल गरिन् । गर्मी मौसमको सुरुवातसँगै स्थानीय उपभोक्ताहरूले भोग्दै आएको ‘लो–भोल्टेज’ (कम भोल्टेज) को समस्या र यसको प्राविधिक कारण’bout उनले संस्थाका पदाधिकारीहरूसँग विस्तृत जानकारी लिईन् ।

छलफलका क्रममा उहाँले संस्थाको वर्तमान कार्यसम्पादन, चुनौती र सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा चासो राख्नुभएको थियो। उपभोक्तालाई सास्ती नहुने गरी विद्युत आपूर्ति सहज बनाउन उनले निर्देशन समेत दिईन् ।

त्यसैगरी, सोमबार नै सांसद आचार्यले सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयमा पुगेर स्थानीय नागरिक र वडाका कर्मचारीहरूसँग अन्तर्क्रिया गरिन । वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधा, स्थानीय योजनाहरूको कार्यान्वयनको अवस्था र नागरिकका दैनिक गुनासाहरूका ’boutमा उनले प्रत्यक्ष रूपमा बुझिन।

२० वटै वडामा निरन्तर अभियान

निर्वाचनका बेला गरिएका प्रतिबद्धताहरू पूरा गर्न र जनताको सुख–दुःखमा सधैँ सँगै रहने उद्देश्यका साथ यो अभियान सुरु गरिएको सांसद आचार्यको सचिवालयले जनाएको छ। आफ्नो क्षेत्रका २० वटै वडाका टोल–टोलमा पुगेर जनताका स–साना समस्यादेखि ठूला विकास निर्माणका योजनाहरू’bout स्थानीयसँगै बसेर छलफल गर्ने कार्य तालिका अनुसार नै काम भइरहेको छ।

“चुनाव जितेपछि नेताहरू गाउँ फर्किँदैनन् भन्ने आम नागरिकको बुझाइलाई बदल्न म निरन्तर जनताकै बीचमा छु,” सांसद आचार्यले भनिन् , “जनताले विश्वास गरेर मलाई संसदमा पठाउनुभएको हो, त्यसैले उहाँहरूको समस्या सुन्नु र समाधानका लागि इमानदार प्रयास गर्नु मेरो पहिलो कर्तव्य हो।”

स्थानीय नागरिकहरूले पनि चुनाव सकिएपछि पनि आफ्ना सांसद आफैं घरदैलोमा आएर समस्या सुनिदिँदा निकै खुसी र उत्साहित भएको प्रतिक्रिया दिएका छन्। स्थानीय स्तरमा समाधान हुन सक्ने समस्यालाई तत्कालै स्थानीय प्रशासन र जनप्रतिनिधि मार्फत समाधान गर्न र केन्द्रीय स्तरबाट पहल गर्नुपर्ने योजनाहरूलाई संसद र मन्त्रालयसम्म पुर्‍याउन यो अभियानले ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

समस्या सुन्दै, समाधानको पहल गर्दै घरदैलोमा सासंद आचार्य