अमेरिका र नेदरल्यान्ड्स बीचको खेल बराबरी

फिफा महिला विश्वकपका साविक विजेता अमेरिका र उपविजेता नेदरल्यान्ड्सबीचको खेल १-१ को बराबरीमा सकिएको छ। वेलिंग्टनमा आज बिहान भएको समूह ‘ई’ को खेलमा दुवैले १-१ को बराबरी खेले ।

आजको पहिलो खेलमा नेदरल्यान्ड्सले पहिलो हाफमा १-० को अग्रता लिएको थियो। जिल रुर्दले १७ औँ मिनेटमा आकर्षक गोल गरेपछि अमेरिका पछाडि परेको थियो।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको अमेरिकाका लागि लिन्ड्से होरानले ६२ औँ मिनेटमा बराबरी गोल गरेकी थिइन्। त्यसपछि दुवै टोलीले गोल गर्ने अवसरहरु सिर्जना गरेपनि सदुपयोग भने गर्न सकेनन्।

बराबरी पछि दुई खेलमा ४ अंकसहित अमेरिका समूह ई को तालिकामा शीर्ष स्थानमा छ भने चार अंक नै बनाएको नेदरल्यान्डस गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ।

आजै हुने अर्को खेलमा सहआयोजक अस्ट्रेलियाले फ्रिकी राष्ट्र नाइजेरियासँग प्रतिस्पर्धा गर्दैछ । ब्रिस्बेनमा हुने यो खेल नेपाली समयअनुसार अपराह्न पौने चार बजे सुरु हुनेछ ।

यस्तै, आजको तेस्रो तथा अन्तिम खेलमा पोर्चुगल र भियतनाम खेल्दैछन् । न्युजिल्यान्डको ह्यामिल्टनमा खेल दिउँसो सवा एक बजे सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान