रौतहट । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटले एक बर्षको अबधिमा ९५ वटा सवारी साधन सहित २५ सय भन्दा बढी क्युफिट काठ बरामद गरेको छ । आर्थिक बर्ष २०७९-०८० भित्र डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटले २ हजार ५ सय ३२ क्युफिट काठ तस्करबाट बरामद गरेको हो ।
९५ वटा सवारी साधन सहित २५ सय क्युफिट भन्दा बढी काठ बरामद
एक बर्षको पटक पटक गरेर सो काठ तस्करबाट बरामद गरेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रमुख सुनिल कुमार कर्णले जानकारी दिएका छन । रौतहटको बिभिन्न वन क्षेत्रबाट काठ तस्करी गर्दैगर्दा सो काठ बरामद भएको हो ।
यसै अबधिमा सोही काठ ढुवानी गर्न प्रयोग भएका ८ वटा पिकअप भ्यान,३ वटा टयाक्टर, एक वटा ट्रक,एक वटा मिनिट्रक,१ वटा स्कारपियो,६५ वटा साइकल,५ वटा मोटरसाइकल र ४ वटा रिक्सा सहित ९५ वटा सवारी साधन बरामद गरेको डिभिजन वन प्रमुख कर्णले जानकारी दिए ।
उक्त काठ तस्करीमा संलग्न ५० जना काठ तस्करलाइ पनि नियन्त्रणमा लिएको प्रमुख कर्णले जानकारी दिएका छन ।
बरामद गरिएका अधिकांश सवारी साधन भारतिय नम्बरको भएको र तस्करहरुले ति सवारी साधनमा नेपाली नम्बर राखेर चलाउने गरेको पाइएको उनले बताए । काठ तस्करीमा प्रयोग भएका सवारी साधनहरुको अबस्था ’bout यातायात कार्यालयमा पत्रचार समेत गरेको कर्णले जानकारी दिएका छन । काठ तस्करी नियन्त्रणको लागी वन क्षेत्रमा कर्मचारीलाइ रातदिन खटाइएको उनले बताए ।
चुरे क्षेत्रको ढुंगा चोरी निकाशीको लागी जनप्रतिनिधिहरुले असहयोग गरेको उनको गुनासो छ । वन कर्मचारी पुगेपछि ढुंगा तस्कर भाग्ने गरेको र वन कर्मचारी फर्किएपछि फेरी तस्करी हुनेगरेको उनी बताउछन । नदीजन्य पदार्थको संरक्षण र अनुगमन गर्ने जिम्मा पाएको जिल्ला समन्वय समितिका कर्मचारीको भुमिका शुन्य भएको समेत डिभिजन वन प्रमुख कर्णले बताए । ढुंगाको चोरी निकाशी नियन्त्रणको लागी सहयोग गर्न उनले जनप्रतिनिधिहरुलाइ पनि आग्रह गरेका छन ।






