एसिया ट्रायथलनको अध्यक्षको वरिष्ठ सल्लाहकारमा निलेन्द्र

एसिया ट्रायथलनका अध्यक्ष साउदी अरेबियाका राजकुमार फहाद बिन अब्दुल अजित साउदको वरिष्ठ सल्लाहकारमा नेपाल ट्रायथलन एसोसिएसनका अध्यक्ष तथा नेपाल ओलम्पिकय कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ मनोनित भएका छन् । राजकुमार फहाद विन २३ जुनमा गामागोरी(जापान)मा भएको महाधिवेशनबाट एसिया ट्रायथलनको अध्यक्षमा निर्वाचित भएका थिए । सो अधिवेशनपछि बसेको पहिलो तथा ९० औं कार्यकारी बैठकले गत ५ अगस्टमा नेपालका निलेन्द्रराज श्रेष्ठलाई अध्यक्षको वरिष्ठ सल्लाहकारका रुपमा मनोनित गरेको हो । नेपालमा पनि खेलकुदको विज्ञता हासिल गरेका व्यक्तिको कमि नरहेको यो मनोनयनले पुष्टि गर्दछ ।
राजकुमरा फहाद साउदी ओलम्पिक र पाराओलम्पिक कमिटीका समेत उपाध्यक्ष हुन् । राजकुमार जलावी हालै सम्पन्न ओलम्पिक काउन्सिल अफ एसियाको साधारण सभाबाट कार्यकारी कार्यालयको सदस्य र शिक्षा समितिको अध्यक्षमा निर्वाचित भएका छन् । उनी २०२० देखि पश्चिम एसियाली ट्रायथलन महासंघको अध्यक्ष छन् ।
एसियला ट्रायथलनको चुनावपछिको पहिलो तथा ९० औं कार्यकारी बैठक गत ५ अगस्टमा रियादमा बसेको थियो । सो बैठकमा अध्यक्ष राजकुमार फहाद विन जालावी अलले निलेन्द्रराज श्रेष्ठलाई एसिया ट्रायथलनको अध्यक्षका सिनियर सल्लाहरमा नियुक्त गरेका हुन् । श्रेष्ठ उनी विश्व ट्रायथलन अन्तर्गतको एनओसी रिलेसन कमिसनका सदस्य तथा ओलम्पिक काउन्सिल अफ एसियाको कल्चर कमिसनका सदस्य समेत हुन् । निलेन्द्र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि रा
म्रो दखल राख्दछन् । उनले छोटो समयमा नै नेपालमा ट्रायथलन खेलको विकास र विस्तार मात्र गरेनन् सो खेललाई दक्षिण एसियामा समेत लोकप्रिय बनाउनका लागि मेहेनत गरे ।

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

epaper

ताजा समाचार

कुवेत आक्रमणमा निधन भएका तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै