जनकपुर । जनकपुरधाममा आज शनिबार जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा सद्भाव र्याली निकालिएको छ ।
र्यालीमा ‘नेपाली एकता जिन्दावाद’, ‘हामी सबै एक हौँ’ जस्ता नारा लगाइएको थियो ।
रेलवे स्टेशनबाट निकालिएको सद्भाव र्यालीमा विभिन्न सम्प्रदायका नागरिक सहभागी भएका थिए । सद्भाव र्याली भानुचोक, जनक चोक, सोनारपट्टी हुँदै पुनः जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य रास्वपाका मनिष झा, धनुषा क्षेत्र नम्बर २ का रास्वपा सांसद रामविनोद यादव, नगर प्रमुख मनोज साहलगायतका जनप्रतिनिधिको सहभागिता थियो ।
बिहीबार प्रदर्शनको क्रममा हिंसा भड्किन सक्ने आकलन गर्दै प्रशासनले करफ्यु आदेश जारी गरेको थियो । जनकपुरधाममा प्रदर्शनमा एकजना बालक घाइते भएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)











