नागरिक शिक्षा, काम र कर्तव्यबोध

नागरिक शिक्षा सामाजिक सचेतनाको स्रोत हो । लोकतान्त्रिक आचरण निर्माणको माध्यम हो । नागरिक शास्त्रको अध्ययनले मानवीय मनोवृत्ति र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्छ । प्रजातान्त्रिक आचरण, असल स्वभाव, उदार व्यवहार र इमानदार चरित्रको विकासमा प्रभावकारी भूमिका खेल्छ । नागरिक शिक्षाको विषयवस्तुले प्रशिक्षित व्यक्ति वा समाजमा आपसी एकताको सम्बन्ध बलियो हुन्छ । नागरिक शिक्षाका विज्ञ स्मिथका अनुसार नागरिक शिक्षा मानिसलाई व्यक्तिबाट सामाजिक व्यक्तित्वमा रूपान्तरण गर्न मद्दत गर्ने ज्ञानको स्रोत हो, भन्ने छ । यसको अर्थ व्यक्तिलाई सामाजिकीकरण हुनका लागि नागरिक शिक्षाको ज्ञान आवश्यक हुन्छ, भन्ने हो । व्यक्ति तथा समाजलाई लोक कल्याणकारी, कर्मशील तथा आप्mनो काम र कर्तव्यमा सचेत बनाउनका लागि नागरिक शिक्षाको विषयवस्तुको ज्ञान अनिवार्य हुन आउँछ ।

लोकतान्त्रिक मुलुकमा नागरिक शिक्षा आवश्यक ठानिन्छ । देशका हरेक तह जनता, सरकार र यसका संयन्त्रले आफ्आप्mनो काम र कर्तव्य पालन गर्ने हो भने सुशासन र विकास धेरै टाढाको कुरा होइन । प्रधानमन्त्री र विभागीय मन्त्रीले आ–आप्mनो ठाउँमा राम्रो काम गर्ने हो भने सरकार राम्ररी चल्छ । विकासले गति लिन सक्छ । मुख्य अभिभावकका रूपमा रहेको सरकार चुस्त, दुरुस्त र पारदर्शी भएमा यसअन्तर्गत रहेका निकायको सेवाप्रवाह प्रभावकारी हुन सक्छन् । राजनीतिक क्षेत्र स्वच्छ, निष्पक्ष, कर्तव्यनिष्ठ र जवाफदेही हुन नसक्दा मुलुकमा अनेक समस्या झाँगिएका छन् । राज्य र यसका संयन्त्र अभ्रष्ट र आआप्mनो काम र कर्तव्यप्रति जवाफदेही नहुँदा विकास निर्माणका काम समयमा नै सम्पन्न हुन सकिरहेका छैनन् ।

सुखी नेपाली समृद्घ नेपाल बनाउन सक्षम नेतृत्व, ठिक÷बेठिक ठम्याउन सक्ने कार्यकर्ता र सचेत जनता हुनु जरुरी छ

एकातिर राजनीतिक दलमा कर्तव्यबोधको कमी छ भने अर्कोतिर नेपाली समाज नागरिक शिक्षाको विषयवस्तुले प्रशिक्षित छैन । प्रजातन्त्रको पुनस्थापना पछाडिका ३२ वर्षको इतिहासलाई मात्र साछी राखेर हेर्दा यो तीन दशकको अवधिमा राजनीतिक दलका व्रिmयाकलाप अत्यन्त गैरजिम्मेवार देखिन्छन् भने मतदाता नेपाली हुनुभन्दा बढी राजनीतिक दलका मान्छे भएको पाइन्छ । हरेक नेपालीमा कुनै पनि जात, जाति, वर्ग र पेसाभन्दा बढी राजनीतिक दलको नेता वा कार्यकर्ता हुनुमा गर्वको अनुभूति गरेको पाइन्छ । नेपाली समाजले कनै पनि जात, जाति र राजनीतिक आस्थाभन्दा माथि हुन्छ भन्ने कुरा किन बुझेन ? बुझेको भए किन हामी कोही कांग्रेसका मान्छे, कोही, एमालेका त कोही माओवादीका र अन्य विभिन्न राजनीतिक दलका मान्छे भयौ ? जातीय र नश्लीय चेतना बोक्यांै ? आफ्नो आस्था भएको दल वा नेता विशेषले देश विकास र जनहित विरोधी काम गर्दा पनि किन ताली बजाएर समर्थन गर्छौं ? यस्तै हुन्छ सचेत नागरिकको काम र कर्तव्य ? नेपाली समाजको सामाजिक चरित्र पनि देश तहसनहस हनमा एउटा कारण हो । देशमा हुने गरेका भ्रष्टाचार, बेथिति, विसंगतिविरुद्घ समाज एकजुट हुन सकेको स्थिति छैन ।

लोकतान्त्रिक मुलुकमा जनतालाई अधिकार मात्र प्रदान गरिएको हुँदैन । वल्की हरेक क्षेत्रमा आ–आप्mना काम र कर्तव्य पनि हुन्छन् । नागरिक शिक्षाको अभाव भएको नेपाली समाजलाई अधिकारमुखी बनाउने काम राजनीतिक दल र यिनका नेतागणले गर्दै आएका छन् । हरेक तह र तप्काका जनताले अधिकार प्राप्त गर्नुपर्छ भन्नेमा कोही कसैको विमति होइन । परन्तु अधिकारको कुरा गर्दा काम र कर्तव्यको बोध हुनुपर्छ कि पर्दैन ? भन्ने प्रश्न राज्य, यसका संयन्त्र र समाजका हरेक क्षेत्रमा उठेको अवस्था छ । आपm्नो अधिकारको कुरा गर्दा काम र कर्तव्य पनि जोडिएको हुन्छ भन्ने कुराको हेक्का राख्न नागरिक शिक्षाको ज्ञान आवश्यक हुन्छ ।

नागरिक शिक्षाले समाजका विभिन्न तह, वर्ग र क्षमताका जनतालाई आ–आफ्नो काम, कर्तव्य, अधिकारका विषयमा ज्ञान दिलाउँछ । यसले हरेक व्यक्ति वा व्यक्तिबाट सञ्चालित निकायमा प्रजातान्त्रिक आचरणको निर्माण, लोककल्याणकारी भावनाको विकास एवं आप्mनो कर्तव्यको पालना गर्ने दायित्वबोध गराइदिन्छ । नागरिक शिक्षाले प्रशिक्षित व्यक्ति वा समाजमा सामूहिक निणर््ाय र नीतिअनुसार काम गर्ने क्षमता र आचरणको विकास हुन्छ । व्यक्तिगत स्वार्थलाइ सामूहिक स्वार्थका अगाडि त्याग गर्न सक्ने उदार व्यवहार निर्माण गर्न नागरिक शिक्षाको ठुलो भूमिका हुन्छ । त्यसैले नागरिक शिक्षा र लोकतन्त्रको गहिरो सम्बन्ध छ ।

नागरिक शिक्षा सामाजिक जागरणको सशक्त माध्यम हो । समाज जागरित नभएसम्म न त राज्य जनताप्रति जवाफदेही बन्न सक्छ । न त लोकतन्त्रको अभ्यास जनस्तरसम्म पुग्न सक्छ । हरेक व्यक्तिमा देश राजनीतिक दल वा मतदान चिह्नभन्दा धेरै माथि हुन्छ भन्ने चेतनाको विकास गराउन नागरिक शिक्षा चाहिन्छ । नेपाली समाजमा शिक्षाको स्तर कमजोर छ । अझै पनि समाजमा शिक्षा पाउन नसकेको जनसंख्या ठुलोे छ । समाजका शिक्षितमा पनि नागरिक शिक्षाको ज्ञान अपर्याप्त छ । एकातिर देशको शिक्षा प्रणालीमा पर्याप्त मात्रामा नागरिक शिक्षाको विषयवस्तु तहगत पाठ्यव्रmम र पाठ्यपुस्तमा समावेश गरिएको छैन भने अर्कोतिर समाजमा नागरिक शिक्षाको विषयले प्राथमिकता पाएको छैन ।

राजनीतिक दलमा विचार र कर्तव्यबोधको कमी तथा नेपाली समाजमा नागरिक शिक्षाको अभावले समस्या ल्याएको छ

नेपाली समाजमा प्रजातन्त्रको पुनस्थापना पछाडि सामाजिक चेतनाको स्तर बढेको पाइन्छ । तर, सामाजिक चेतना अधिकारउन्मुख छ । २०५२ सालमा जन्म भएको माओवादीको १० वर्षे जनयुद्घले सामाजिक चेतनालाई अधिकारमुखी बनाएको जानकार बताउँछन् । प्रजातन्त्रका ३२ वर्षमा बनेका सरकारले न त आप्mनो कर्तव्य पूरा गर्न सके । न त सरकार सुशासित, विकासमैत्री तथा जवाफदेही नै भएको पाइयो । यसरी हेर्दा हरेक राजनीतिक दल र जनप्रतिनिधिले आप्mनो काम र कर्तव्यप्रति जागरुक र जवाफदेही बन्न नसकेको देखिन्छ । जनप्रतिनिधि समाजका समस्या समाधान गर्न जिम्मेवार हुनुपर्छ कि पर्दैन ?

नागरिकशास्त्रविद् गुटम्यानले प्रजातान्त्रिक देशका जनताले राजनीतिक ज्ञानबाट प्रशिक्षित हुन नागरिक शिक्षाको ज्ञान अनिवार्य हुन्छ, भन्ने धारणा राखेका छन् । राजनितिकशास्त्रमा अधिकार र कर्तव्यलाई एक सिक्काका दुई पाटा मानिन्छ । तर, हाम्रो देशको सन्दर्भमा राजनीतिक ज्ञानमा काम र कर्तव्यभन्दा बढी अधिकारको विषय प्रखर भएको अवस्था छ । प्रजातन्त्र अधिकारको हल्ला गर्ने माध्यम जस्तो बनेको छ । हरेक क्षेत्रमा दलका भ्रातृ संघसंगठन खुलेका छन् । मजदुर युनियनदेखि लिएर डाक्टर, नर्सिङ, इन्जिनियर, शिक्षक, प्राध्यापक, अदालत, महिला, जनजाति, मुस्लिम, थारू, आदि क्षेत्रका हक र हितका नाममा विभिन्न युनियन तथा आयोग बनेका छन् । उल्लेखित संघसंस्थाले आप्mना सेवासुविधा र अधिकारका कुरामा जोड दिएको पाइन्छ । सुनिन्छ, देखिन्छ छापामा समाचारका हेडलाइन बन्छन् । समाजमा विकास र सुशासनको क्षेत्रमा काम गर्ने सबैको कर्तव्य होइन र ? राज्य, संघसस्था वा हरेक क्षेत्रमा काम र कर्तव्यबोध किन हुन सकेन ? जवाफ सजिलो छ, समाजमा नागरिक शिक्षाको ज्ञानको अभाव छ ।

अन्त्यमा समाजका हरेक व्यक्ति एवं व्यक्तित्वले व्यक्तिगत स्वार्थबाट माथि उठ्न सक्नुपर्छ । हामीहरू कुनै राजनीतिक दलको नेता वा कार्यकर्ता हुनभन्दा पहिले स्वतन्त्र र सार्वभौम देशका नागरिक हौं । देश विकास हुन सके विकासको सुविधाको उपयोग गर्ने हामी सबै नेपाली नै हो । अहिले हाम्रो देशमा सुशासन र विकास अपरिहार्य भएको छ । यसका लागि राष्ट्रिय एकता र देश निर्माणमा जनसहभागिता आवश्यक हुन्छ ।

सुखी नेपाली समृद्घ नेपाल बनाउन सक्षम नेतृत्व, ठिक वा बेठिक ठम्याउन सक्ने कार्यकर्ता, सचेत जनता, सक्रिय नागरिक समाज, स्वतन्त्र चिन्तनका विज्ञ, विशेषज्ञ वा बुद्घिजीवी, विकासमुखी एवं सेवामैत्री प्रशासनतन्त्र अनिवार्य सर्त हो । यसका लागि उल्लेखित क्षेत्रका व्यक्ति एवं व्यक्तित्वले आ–आप्mनो ठाउँबाट इमानदारीपूर्वक काम र कर्तव्य पूरा गरांै । सबै मिलेर देशलाई माथि उठाऔं ।

तपाइको प्रतिक्रिया
(Visited 604 times, 1 visits today)

epaper

ताजा समाचार

साढे चार करोड रुपैयाँभन्दा बढी ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ