‘एक भगवत गीता’ नाम विवादमा वार्ता

काठमाडौं । चलचित्र नाम ‘भगवत गीता’ राख्न पाइँदैन भनेर नेपाली चलचित्र ‘एक भगवत गीता’ बिरुद्ध उत्रिएका संस्था र निर्माण पक्षबीच बार्ता भएको छ ।

चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीको सहजीकरणमा भएको बार्तामा चलचित्रको तर्फबाट निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापा र नायिका सुहाना थापाले आफ्नो भनाई राखेका छन् । सो भेटमा यो नामको विरोधीपक्ष हिन्दु जागरण नेपालका रामकृष्ण उपाध्याय, हरिप्रसाद पाठक, शिव सेना नेपालकी सिर्जना वाग्ले, मनोज सापकोटा, विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिका सागर थापा लगायतले नामको अध्यात्म पक्ष’bout आफ्नो तर्क राखेका छन् । राजधानी दैनिकले चार दिनअघि समाचार लेखेपछि बिरोधी पक्ष वार्तामा आएका हुन् ।

भाद्र २९ गते रिलिज मिति तोकिएको यो चलचित्रको नाम परिवर्तन गर्नुपर्ने माग आध्यात्मिक विकास समाज, हिन्दु जागरण नेपाल र विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिले गरेका थिए । श्रीमद भगवत गीता कुनै कथा नभई सन्देशहरूको ग्रन्थ भएको कारण कथाको रुपमा गलत तरिकाले प्रस्तुत गर्न लागिएको आरोप ति संस्थाहरूले लगाएका थिए ।

त्यसको प्रतिउत्तरमा निर्माण पक्षले भगवत गीताको नाममा कुनै गलत सन्देश दिन नगागेको प्रकाश पारेका छन् । आफुहरुले गीताले दिएको कर्मयोगको सन्देशलाई आम मानिसमाझ परिचित गराउने काम यो फिल्मबाट गरेको बताएका छन् । यो नामको ’bout आध्यात्मिक गुरूहरूले फिल्मको स्क्रिप्ट र चलचित्र हेरेपछि मात्र विवादलाई टुंगो लगाउने सहमति निर्माण पक्षसँग गरेका छन् ।

निर्माता थापा परिवार नै अध्यात्मबादी भएकाले फिल्ममा भगवत गीताको दुरुपयोग नगरिएको विश्वास आफ्नो भएको भुवन केसीले बताए ।

निर्माण पक्षले विरोधी पक्षलाई बिहिबार स्कृप्ट दिने भएका छन् । उनीहरुले स्कृप्ट पढेर फिल्म हेरेपछि बल्ल यो फिल्मको नामको विवाद मिल्ने सो छलफलको क्रममा निस्कर्ष निक्लिएको छ ।

सो छलफलमा बोर्डका सदस्य सचिव विशाल सापकोटा, सदस्यहरू राजु केसी, केएल बुढाथोकी, रबिचन्द्र अधिकारी, चलचित्र वितरकद्वय गोपाल कायस्थ र गोबिन्द शाही, चलचित्र निर्माता उदय सुब्बा लगायतले सिनेमाको नाम’bout आध्यात्मिक पक्षलाई प्रकाश पारेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 305 times, 1 visits today)

epaper

ताजा समाचार

साढे चार करोड रुपैयाँभन्दा बढी ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ