काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अमेरिका र चीन भ्रमण’bout संसद्लाई जानकारी गराएका छन् । प्रधानमन्त्री दाहालले शुक्रबारको प्रतिनिधिसभा बैठकमार्फत भ्रमण’bout जानकारी गराएका हुन् ।
अमेरिका प्रस्थान गर्नुअघि संसद् बैठकलाई सम्बोधन गरेका प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणको कार्यतालिका अत्यन्त छोटो भएकाले अमेरिकाबाटै चीन जानुपर्ने परिस्थिति सिर्जना भएको बताए ।
प्रधानमन्त्री दाहाल अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन शनिबार अमेरिका प्रस्थान गर्दै छन् । महासभामा अल्पविकसित मुलुकहरूको नेतृत्व गर्दै सहभागी हुने प्रधानमन्त्री दाहालले ४ असोजमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
महासभालाई सम्बोधन गर्दै अल्पविकसित मुलुकहरूको अवस्था र जलवायु परिवर्तनले पारेका असर’bout बोल्ने प्रधानमन्त्री दाहालले जनाएका छन् । यस महासभाको सामान्य बहसको विषय ‘विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृत ः २०३० को एजेन्डा र यसको दिगो विकास लक्ष्य सबैका लागि शान्ति, समृद्धि, प्रगति र दिगोपनमा तीव्रता दिने’ भनी छनोट गरिएको छ ।
प्रधानमन्त्री दाहालले महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै १९ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।
न्युयोर्कमा हुँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्वाकांक्षा शिखर सम्मेलनलगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्नुका साथै विभिन्न मुलुकका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
महासभालाई सम्बोधन गरेर दाहाल उतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । शुक्रबार नै बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको अमेरिका र चीन भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनाएकी छन् ।
प्रधानमन्त्री दाहाल चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । प्रधानमन्त्री दाहाल ५ असोजमा चीनको औपचारिक भ्रमणका लागि होङ्जाओ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
मुलुकको प्रधानमन्त्रीका हैसियतमा तेस्रोपटक चीन भ्रमणमा जान लागेका दाहालले यस भ्रमणले नेपाल–चीनबीचको दुई पक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास लिएको बताए । प्रधानमन्त्री दाहालले ६ असोज (२३ सेप्टेम्बर) होङ्जाओमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने जानकारी संसद्लाई गराएका छन् ।
‘होङ्जाओमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटघाटको कार्यक्रम रहेको छ, सोही दिन म १९औं एसियन गेमको समुद्घाटन समारोहमा पनि सहभागी हुनेछु,’ प्रधानमन्त्री दाहालले भने । त्यस्तै ८ असोज (२५ सेप्टेम्बर) बेइजिङमा समकक्षी महामहिम लिछ्याङसँग औपचारिक भेटघाट र दुई पक्षीय वार्ताको कार्यक्रम रहेको प्रधानमन्त्री दाहालले बताए ।
त्यसपछि कृषि क्षेत्रमा छोटो समयमै सफलता हाँसिल गरेको चीनको चोङ्किङ महानगरपालिकामा रहेको छोङ्छिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधिका क्षेत्रहरूको अवलोकन गर्ने कार्यक्रम रहेको दाहालले बताए ।
छोङ्छिङको भ्रमणपछि नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँ उच्च अधिकारीहरूसँग भेटवार्ता गरी नेपाल फर्किने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालले जानकारी दिए ।
भ्रमणका क्रममा नेपालको कृषि, ऊर्जा तथा पूर्वाधार क्षेत्रको विकास’bout छलफल हुने उनको भनाइ छ । ‘भ्रमणका क्रममा कोभिडका कारण नियमित हुन नसकेका दुई पक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ,’ प्रधानमन्त्री दाहालले भने ।
कोको छन् भ्रमण टोलीमा ?
प्रधानमन्त्री दाहालको भ्रमण टोलीको नामावाली यसअघि नै टुंगो लागिसकेको उनको सचिवालयले जनाएको छ । २४ सदस्यीय टोलीमा १० जना प्रधानमन्त्रीको निजी सचिवालयबाट सहभागी हुने बताइएको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयबाट मुख्य सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिवहरू गंगा दाहाल, रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्य, निजी फोटोग्राफर प्रदीपराज वन्त, निजी भिडिओग्राफर नवराज दाहाल, निजी डाक्टर युवराज शर्मा र तीन जना सुरक्षाकर्मी दाहालको भ्रमण टोलीमा रहनेछन् ।
यसैगरी, परराष्ट्रमन्त्री एनपी साउद, उनका स्वकीय सचिव दीपक जोशी, परराष्ट्र सचिव भरतराज पौड्याल, सहसचिव सेवा लम्साललगायत प्रतिनिधि भ्रमण टोलीमा रहेका छन् । मुख्यसचिव बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी पनि भ्रमण टोलीमा रहेका छन् ।






