यात्रुको झोला खोसाखोस गर्ने पक्राउ

पोखरा । गाडी चढ्नेक्रममा बसका सहचालक वा सम्बन्धित व्यक्तिले यात्रुलाई आफ्नो गाडीमा चढाउन अनेक गर्छन् । कसैले अनेक प्रलोभन देखाउँछन् भने कतिपयले यात्रुको झोला नै जबर्जस्ती तानेर बसभित्रै हुल्छन् ।

यस्तै कार्य गरेको अभियोगमा पोखरामा २ जना युवक शुक्रबार परेका परेका छन् । पक्राउ पर्नेमा तनहुँको व्यास १४ स्थायी घर भइ हाल पोखरा ९ पृथ्वीचोक बस्ने २४ वर्षीय मन्जित महरा र रौतहटको गौर घर भइ हाल पोखरा १४, मियाँपाटन बस्ने २४ वर्षीय अमर शाह हुन् ।

उनीहरुले शुक्रबार पोखराको पृथ्वीचाकस्थित बसपार्कमा सर्वसाधारण यात्रु सार्वजनिक सवारीसाधनमा चढ्ने बेला उनीहरुको इच्छाविपरीत झोला खोसाखोस गरी दुख हैरानी दिएको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए । उनीहरुविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान थालिएको डिएसपी विकले जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी