गोरु काट्नमा संलग्न स्थानीयको रिहाइको माग गर्दै दिक्तेल बजारमा प्रदर्शन

मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीले आइतबार साँझ दिक्तेलबजार किराँतचोकको सडकमा टायर बालेर गरेको बिरोध प्रदर्शन ।

खोटाङ । मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीले खोटाङमा गोरु काटेर भोज खान÷खुवाउनमा संलग्न भएको अभियोगमा पक्राउ परेका स्थानीयको रिहाइको माग गर्दै प्रदर्शन गरेको छ । गत असोज ८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको मसानेडाँडामा गोरु काटेर भोज खान र खुवाउनमा संलग्न भएको अभियोगमा पक्राउ परेका चार जनाको रिहाइको माग गर्दै मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीले आइतबार साँझ दिक्तेलबजार किराँतचोकको सडकमा टायर बालेर बिरोध प्रदर्शन गरेको हो ।

मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीले सार्वजनिक स्थलमा गोरु काटेर खान र खुवाउन संलग्न भएको अभियोगमा पक्राउ परेका जालपाका तेजबहादुर तामाङ, २१ वर्षीय टिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका–६ हौंचुरका २७ वर्षीय बादल गुरुङको रिहाइको माग गरेको हो । प्रहरी र प्रशासनले साँस्कृतिक आन्दोलन अन्तरगत गोरु काटेर भोज खुवाएका साँस्कृतिक अभियान्तालाई रिहा गर्न आलटाल गरेका कारण बिरोध प्रदर्शन गरिएको मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीका केन्द्रीय सदस्य आरएन मंगोलले बताए । मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीका नेता तथा कार्यकर्ताले टायर बालेर नाराबाजी गरेका थिए । मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीका कार्यकर्ताले बालेको टायर प्रहरीले निभाएको थियो । धर्म निरपेक्ष घोषित मुलुकमा साँस्कृतिक परम्परा अनुसार गोरु काट्ने स्थानीयलाई गिरफ्तार गरेकाले बिरोधमा उत्रनु गरेको मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीका प्रदेशसभा सचिव रुपेन्द्र तामाङले बताए ।

गोरु काट्नमा संलग्न स्थानीयको बिनाशर्त रिहाइको माग गर्दै मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीको नेतृत्वमा असोज १० गते पनि दिक्तेलबजारमा बिरोध प्रदर्शन गरिएको थियो । संविधान र मुलुकी ऐन संशोधनका लागि दवाव सिर्जना गर्न गोरु काटेर साँस्कृतिक क्रान्ती सुरु गरिएको मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीले जनाएको छ । खोटाङका डिएसपी पुरुषोत्तम खड्काले भने गोरु काट्न कानूनमा बर्जित गरिएकाले चार जनालाई पक्राउ गरिएको बताए । प्रहरीले गोरु काट्न नेतृत्व गर्नेभन्दा सहयोगी र भोजको भिडियो शेयर गर्नेलाई मात्र पक्राउ गरेको भन्दै आलोचना भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 295 times, 1 visits today)

epaper

ताजा समाचार

मुख्यसचिवसहित सचिवहरूसँग प्रधानमन्त्रीले गरे आपतकालीन छलफल