७२ घण्टापछि सीमा क्षेत्रबाट १८१ नागरिकको उद्धार


नेपालगन्ज । कोबिड–१९ नोबल कोरनाको संक्रमणबाट जोगिनको लागि नेपाल तथा भारतमा आव्हान गरिएको लकडाउन र सीमा शिलका बीचमा भारका विभिन्न स्थानबाट आएका १८१ नेपाली नागरिकलाई ७२ घण्टापछि सीमा क्षेत्रमा अस्थायी क्वारेन्टाईन निर्माण गरी राखिएको छ ।

भारतमा रहेका नेपालीको भारतमै र नेपालमा रहेका नेपालीको नेपालमै व्यवस्थापन गर्ने उच्चस्तरिय सहमति भएको अवस्थामा आईपुगेका उनीहरु ३ रात दुई दिन खुला आकासमुनी दशगजामै विताएका थिए ।

नेपाली सेनाको पहलमा ७२ घण्टापछि उनीहरुलाई सुख्खा बन्दरगाह निर्माण स्थलको दशगजामा ५० वटा टेन्टमा ५–५ जनाका दरले व्यवस्थापन गरिएको नेपाली सेनाका सहायक रथी तथा न.४ बाहिनीपती सुरेश कुमार बानियाले जानकारी दिए ।

उनले आफुहरुलाई आएको जिम्मेवारीलाई दुई घण्टामै कार्य सम्पन्न गरी सीमा क्षेत्रको दशगजाबाट उद्दार गरी अस्थायी क्वारेन्टाईनमा ल्याएर राखेको बताए ।

यसअघि उनीहरुलाई भारतमा निर्माण गरिएको क्वारेन्टाईनमा लैजानको लागि भारतीय सुरक्षा निकायले पहल गरेको भएपनि उनीहरु कुनैपनि अवस्थामा आफुहरु नजाने भन्दै अडान लिएर दशगजामै बस्दै आएका थिए ।

विभिन्न २५ जिल्लाका उनीहरु भारतको क्वारेन्टाईनमा जान नमानेपछि उनीहरुलाई दशगजामा अस्थायी क्वारेन्टाईन निर्माण गरिएको थियो ।

कोरोना संक्रमण रोक्न नेपाल र भारतका नाका शिल भएको बेला आईपुगेका उनीहरुको खाना, स्वास्थ्य, पानीलगायतको व्यवस्था नेपालगन्ज उपमहानगरपालिकाको पहलमा, सुरक्षा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एक–एक सेक्सनले दिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

पत्रकार धरपकडको छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन